आईफोनलक्षित ब्ल्याकम्याजिक क्यामरा एपमा अब क्यामरा कन्ट्रोललगायत नयाँ विशेषताहरु उपलब्ध

Technology Khabar १३ कार्तिक २०८१, मंगलवार

काठमाडौं ।

ब्ल्याकम्याजिक डिजाइनले आफ्नो लोकप्रिय क्यामरा एपको आईओएस संस्करण २.१ जारी गरेको छ जसमा मुख्य रूपमा आईफोन १६ प्रयोगकर्ताहरूलाई लक्षित गर्दै नयाँ विशेषताहरू समावेश गरिएको छ।

जीएसएमएरिनाका अनुसार यस अपडेटमा क्यामरा कन्ट्रोल समर्थन थपिएको छ जसका कारण प्रयोगकर्ताहरूलाई जूम, एक्स्पोजर, फोकस, र आईएसओजस्ता सेटिङ्सलाई  क्यामरा कन्ट्रोल बटन मार्फत स्वाइप गरेर समायोजन गर्न सक्नेछन्। यो अपडेट अगस्टमा आएको संस्करण २.०को पछाडि आएको हो जसमा नेटिभ आईप्याड समर्थन समावेश गरिएको थियो।

अब यो एप नियन्त्रण केन्द्र (कन्ट्रोल सेन्टर ), लक स्क्रिन, वा आईफोनको क्यामरा कन्ट्रोल बाट सिधै पहुँच गर्न सकिन्छ जसले यसको प्रयोगलाई अझ सरल बनाएको छ।

ब्ल्याकम्याजिकले यसमा DockKit सँग संयोजन गर्न सकिने उपकरणहरूको समर्थन पनि थपेको छ, जसमा इन्स्टा ३६० फ्लो प्रो गिम्बल पनि समावेश छ जसले गर्दा प्रयोगकर्ताहरूलाई स्थिर भिडियो सुटिङमा अझ लचिलोपन मिलेको छ।

अन्त्यमा ब्ल्याकम्याजिक २.१ मा H.264 र H.265 को लागि उच्च बिटरेट रेकर्डिङ विकल्पहरू थपिएका छन् जसले प्रयोगकर्ताहरूलाई ProRes मा निर्भर नगरी पनि उच्च गुणस्तरको भिडियो क्याप्चर गर्न सघाउने जीएसएसएरिनाले जनाएको छ। यस परिवर्तनले स्टोरेज आवश्यकताहरू कम गर्दै पनि फुटेजको गुणस्तर कायम राख्न मद्दत पुर्‍याउँछ।

प्रकाशित: १३ कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया