अम्बानी र एनभिडियाका जेन्सेन हुआङले संयुक्तरूपमा भारतमा एआई पूर्वाधार निर्माण गर्ने

  • Technology Khabar | ११ कार्तिक २०८१, आईतवार
अम्बानी र एनभिडियाका जेन्सेन हुआङले संयुक्तरूपमा भारतमा एआई पूर्वाधार निर्माण गर्ने
फाइल तस्बिर

काठमाडौं ।

मुम्बईमा चलिरहेको एनभिडिया इन्डिया शिखर सम्मेलन २०२४ मा भारतका प्रमुख व्यापारीहरूले एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँग भेट गरेका छन्। देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इंडस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी र जेन्सेन हुआङले शिखर सम्मेलनमा भारतमा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख छ।

भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले एनभिडियाका प्रमुखसँग भेट गरेपछि एनभिडिया भारतमा आएर राम्रो गुणस्तरको एआई पूर्वाधार निर्माण गर्नु भनेको अहिले जियोले टेलिकम क्षेत्रमा भारतको लागि गरेको काम जस्तै भएको दाबी गरे। मुकेश अम्बानीले अमेरिका र चीन बाहेक भारत एक मात्र देश हो जहाँ उत्कृष्ट डिजिटल कनेक्टिभिटी पूर्वाधार उपलब्ध रहेको बताएका थिए।

जेन्सेन हुआंगले भारतको लागि आफ्नो विशाल जनसङ्ख्यालाई शक्तिको रूपमा अगाडि बढाउने धेरै राम्रो अवसर भएको बताएका थिए। उनले यो कामका लागि रिलायन्स इन्डस्ट्रीजसँग साझेदारी गर्न पाउँदा आफूले गौरवान्वित र भाग्यमानी महसुस गरेको आरआईएल अध्यक्षलाई बताए। एआई कम्प्युट क्षमताको २० प्रतिशत भन्दा बढी भारतमा मात्र एक वर्षमा साझेदारी मार्फत तैनात गरिनेछ, र यो धेरै चाँडै हुने उनले उल्लेख गरे।

एआईसँग सम्बन्धित काम खोसिने शङ्कामा जेन्सेन ह्वाङले भने, “एआईले तुरुन्तै सामान्य कामहरू खोस्ने छैन, तर कुनै पनि कामलाई राम्रोसँग गर्न एआई प्रयोग गर्ने व्यक्तिले काम खोस्ने छन्।”

प्रकाशित: ११ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ११ कार्तिक २०८१, आईतवार