शाओमी एसयू७ अल्ट्राको प्रोडक्सन भर्सन अक्टोबर २९ मा प्रस्तुत गरिने

  • Technology Khabar | ११ कार्तिक २०८१, आईतवार
शाओमी एसयू७ अल्ट्राको प्रोडक्सन भर्सन अक्टोबर २९ मा प्रस्तुत गरिने

काठमाडौं ।

शाओमीको एसयू७ ले उत्कृष्ट सफलता हासिल गरेको छ भने गत जुलाईमा कम्पनीले एसयू७ अल्ट्रा कन्सेप्ट अनावरण गरेको थियो। अनावरणपछि १,५४८एचपी (हर्स पावर) को उक्त एसयू७ अल्ट्रा कन्सेप्ट उत्पादनको लागि गन्तव्यमा परिणत भएको थप उल्लेख गरिएको छ।

त्यसैगरी अल्ट्रा अर्को वर्ष आउने जानकारी बाहिरि सकेको छ र भने यस प्रोडक्सन भर्सन (उत्पादन संस्करण) को लागि आधिकारिक अनावरण मिति अक्टोबर २९ तारिख सेट गरिएको छ।

साथै उक्त मितिमा शाओमीले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोनहरू १५ र १५ प्रो एकै दिनमा उही कार्यक्रममा घोषणा गर्दैछ।

एसयू७ अल्ट्राको प्रोडक्सन भर्सन (उत्पादन संस्करण) मा प्रोटोटाइपको जस्तै समान चेसिस संरचना, ट्रिपल मोटर्स र ब्याट्री प्याक हुने शाओमीका सीईओ लेई जुनले बताएका छन्। त्यसैगरी यसमा कार्बन फाइबर क्लेडिङ्गको अभाव हुनेछ भनि लेई जुनले यस अघि नै पुष्टि गरिसकेको छन्।

प्रोटोटाइप १.९७ सेकेन्डमा शून्यबाट १०० किमी प्रति घन्टा र ५.९६ सेकेन्डमा शून्यबाट २०० किमी प्रति घन्टासम्म जान सक्ने उल्लेख गरिएको छ। साथै यसको टप स्पिड (उच्च गति) ३५० किमी प्रति घन्टा भन्दा बढी रहेको एरिनाईभीमा उल्लेख गरिएको छ।

प्रकाशित: ११ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार