पोलारोइडको भारतीय बजारमा प्रवेश, पहिलो इन्स्ट्यान्ट क्यामरा सार्वजनिक

Technology Khabar १० कार्तिक २०८१, शनिबार

काठमाडौं ।

रेट्रो चार्म र मोडर्न इनोभेसनको मिश्रणको कदर गर्ने उपभोक्ताहरूलाई अपील गर्दै पोलारोइडले भारतीय बजारमा महत्त्वपूर्ण प्रवेश गरेको छ।

इन्स्ट्यान्ट क्यामराहरूका लागि परिचित रहेको पोलारोइडले भारतको विस्तार भइरहेको इन्स्ट्यान्ट फोटोग्राफी खण्डमा एउटा स्थान बनाएको छ। साथै यसले भौतिक प्रिन्टहरूको पुरानो सम्झना मन पराउने युवा र फोटोग्राफी उत्साहीहरूलाई आकर्षित गरेको छ।

भारतको लागि पोलारोइडको प्रोडक्ट लाइनअपमा पोलारोइड आई–२, पोलारोइड नाउ जेनेरेसन २, पोलारोइड गो जेनेरेसन २ र पोलारोइड नाउ प्लस जेनेरेसन २ समावेश रहेका छन्।

यी क्यामराहरूमा अटोफोकस, डबल एक्सपोजर र इको–फ्रेन्डली डिजाइनहरू जस्ता फिचरहरू समावेश छन् भने यिनीहरुले दुवै अनौपचारिक फोटोग्राफरहरू र पेशेवरहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

नवीनतम मोडेलहरूमा प्रयोग गरिएका पर्यावरण मैत्री सामग्रीहरू पोलारोइडको दिगोपनप्रतिको प्रतिबद्धतासँग मिल्दोजुल्दो रहेको छ र तिनीहरूलाई वातावरणीय रूपमा सचेत उपभोक्ताहरूका लागि लोकप्रिय विकल्प बनाउने गीज्मोचाइनाले उल्लेख गरेको छ।

भारतमा उपलब्धता

पोलारोइडका क्यामराहरू लोकप्रिय इ–कमर्स प्लेटफर्महरू जस्तै अमेजन इन्डिया र फ्लिपकार्टका साथै इमेजिङ स्टोरहरू, लार्ज फर्म्याट रिटेलरहरू (एलएफआर) र विशेष स्टोरहरूमा सजिलै उपलब्ध रहेका छन्। साथै पोलारोइडका विभिन्न व्यक्तिगत मोडेलहरूको लागि मूल्य निर्धारण विवरणहरू यी प्लेटफर्महरूमा फेला पार्न सकिने थप उल्लेख गरिएको छ।

यसबाहेक लक्जरी पर्सनिफाइडसँगको साझेदारीले फोटोग्राफी उत्साही र पेशेवरहरूलाई लक्षित गर्दै भारतभर पोलारोइडको पहुँच बढाउने अपेक्षा गरिएको छ।

पोलारोइड एशिया–प्यासिफिकका उपाध्यक्ष मोनिका त्साङले भारतमा ब्रान्डको विस्तारको बारेमा उत्साह व्यक्त गर्दै देशको रचनात्मक र नवीन भावनालाई हाइलाइट गरेकि छिन्।

त्यसैगरी उनले इन्सट्यान्ट फोटोग्राफी उद्योगमा नयाँ बेन्चमार्कहरू सेट गर्ने लक्ष्य राखेको र लक्जरी पर्सनिफाइडसँग रणनीतिक साझेदारीलाई जोड दिएको उल्लेख गरिएको छ। साथै यो सहकार्यले पोलारोइडको समृद्ध इतिहासलाई अत्याधुनिक प्रविधिसँग मिसाएर फोटोग्राफर र कथाकारहरूको नयाँ पुस्तालाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

लक्जरी पर्सनिफाइडका पार्टनर कुश मलिकले पोलारोइडसँगको साझेदारीले पेशेवर र दैनिक प्रयोगकर्ता दुवैलाई असाधारण अनुभवहरू प्रदान गर्न इमेजिङ र नवीनतामा विशेषज्ञता ल्याउँने कुरामा जोड दिए। लक्जरी पर्सनिफाइडका पार्टनर लभ मलिकले यो सहकार्यले दृश्य कथा कथनको सीमालाई धकेल्दै रचनात्मक अवसरहरूको ढोका खोल्ने थप उल्लेख गरेका छन्।

प्रकाशित: १० कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया