Technology Khabar १० कार्तिक २०८१, शनिबार
काठमाडौं ।
टेस्लाले सन् २०२४ को अक्टोबर ११ तारिखमा आफ्नो इनोभेटिभ नयाँ साइबरक्याब अनावरण गरेको थियो। महत्वाकांक्षी रोबोटट्याक्सीको मूल्य ३० हजार अमेरिकी डलर कायम गएिको छ भने यसमा कुनै स्टेयरिङ ह्वील वा पेडल नभएको पूर्ण रूपमा स्वायत्त डिजाइन फिचर गरिएको छ।
यी सबै धेरै फ्युचरस्टिक र प्रभावशाली फिचरहरुका साथै यसमा नयाँ वायरलेस चार्जिङ टेक्नोलोजी पनि रहेको छ। यस ईभीले विद्युतीय सवारी साधनमा क्रान्ति ल्याउन सक्छ वा सक्दैन भनेर पत्ता लगाउनका लागि यस बारे पूर्ण विवरण पढ्नुहोस्।
१. टेस्ला साइबरक्याबः के कुराले यसलाई विशेष बनाउँछ?
अमेरिकी ईभी निर्माताको साइबरक्याबले साइबरट्रक र रोबोभ्यानबाट लुक्स सापट लिएर स्लिक (पातलो) नयाँ डिजाइन फिचर गर्दछ। यो २ सिटर गाडी भएको र यात्रुहरूलाई आरामदायी सवारी प्रदान गर्न यसको डिजाइन गरिएको उल्लेख छ।
साथै टेस्लाको स्टेयरिङ ह्विल पूर्ण रूपमा हटाउने निर्णयमा यसले स्पष्ट रूपमा संकेत गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ। साइबरक्याब बाहिरी भागमा गोल्ड (सुन) को फिनिश रहेको छ भने लाइट बारमा म्याट्रिक्स हेडलाइटहरू समावेश गरिएका छन्।
स्मार्ट ट्याक्सीले ३६० डिग्री भ्यूका लागि क्यामरा र सेन्सरहरूमा धेरै निर्भर रहनेछ भने यसको ह्याचब्याक डिजाइनले लाउन्ज जस्तो वातावरणसँग आरामलाई संयोजन गरेको छ।
इलन मस्कले यो घोषणासँगै फुल सेल्फ ड्राइभिङ कारहरूलाई स्पष्ट रूपमा जोड दिइरहेका छन्। साथै मस्कले ३० हजार अमेरिकी डलरभन्दा कम लागतको यो सानो ईभी सन् २०२७ अघि आउने अपेक्षा गरिरहेका छन्। त्यसैले यो ईभी सन् २०२६ को मध्यदेखि उत्तरार्ध सम्ममा रिलीज हुने आशा गर्न सकिन्छ।
२. इन्डक्सन वायरलेस चार्जिङः ईभीहरू को भविष्य?
टेस्ला साइबरक्याबले विद्युतीय सवारीको खेल परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ। वायरलेस इन्डक्सन चार्जिङ टेक्नोलोजी ल्याउने रोबोटट्याक्सी आफ्नो प्रकारको पहिलो भएको थप उल्लेख गरिएको छ।
हालको जेन ईभीहरूमा अझै पनि वायर्ड चार्जिङ ढाँचा रहेको हुनाले यो वायरलेस चार्जिङ निकै महत्त्वपूर्ण हुनेछ। साथै नयाँ साइबरक्याबमा फिजिकल चार्जिङ पोर्ट नहुने उल्लेख गरिएको छ भने यसलाई हटाउने टेस्ला कार पहिलो हुने भएको छ।
इन्डक्टिभ चार्जिङले गर्दा अब सेल्फ ड्राइभिङ भेहिकल (गाडी) ले चार्जिङ प्याडबाट ब्याट्रीमा ऊर्जा स्थानान्तरण गर्न इलेक्ट्रोम्याग्नेटिक फिल्ड (विद्युत चुम्बकीय क्षेत्र) हरू प्रयोग गरेर वायरलेस (ताररहित रूपमा) चार्ज गर्नेछ।
आधिकारिक घोषणामा, इलन मस्कले अनौपचारिकरुपमा भने, “रोबोट्याक्सीमा कुनै प्लग छैन। यो केवल इन्डक्टिभ चार्जरमार्फत चार्ज हुनेछ। हो, यो त्यस्तै हुनेछ।” साथै उनले “भविष्य भविष्य जस्तो देखिनु पर्छ” र यी डिजाइन विकल्पहरू स्पष्ट रूपमा निकट भविष्यको सवारी साधन हुन्” भनी थप बताए।
यद्यपि लन्च कार्यक्रमले यस रोबोटट्याक्सीको प्राविधिक स्पेक्स जस्ता कुराहरुको बारेमा भने राम्रासँगे विवरणहरू प्रस्तुत नगरेको गीज्मोचाइनाले उल्लेख गरेको छ। त्यसैले साइबरक्याबको ब्याट्रीको साइज वा इन्डक्सन टेक्नोलोजीको चार्जिङ दरको बारेमा निश्चित जानकारी हालका लागि उपलब्ध नभएको थप उल्लेख गरिएको छ।
३. सम्भावनाहरू अनन्त छन्
यसबाहेक रोचक अफवाहहरूले इन्डक्सन टेकमा सडकहरूमा सम्भवतः म्याट वा ट्र्याकहरू प्रयोग गरिने औंल्याएका छन्। साथै यसले सैद्धान्तिक रूपमा सार्वजनिक चार्जिङ स्टेशनहरूमा लामो लाममा पनि मद्दत गर्न सक्नेछ जसले ईभीहरूको उच्च ग्रहण गर्ने शहरहरूलाई प्लेग गर्छ। ईभी मालिकहरूले चार्जिङसँग सम्बन्धित धेरै समस्याहरू सामना गरिरहेका छन्।
ती ठूला समस्याहरू मध्ये एक भनेको चार्जिङ स्टेशन कम्प्याटिबिलिटी पनि समावेश रहेको छ। जनताका लागि भनेर निर्माण गरिएका ईभी वरपरको पूर्वाधारले तपाईंको कारलाई प्लग र पावर गर्नका लागि आवश्यकताहरू पूरा गर्ने कुरा समावेश गर्ने उल्लेख गरिएको छ।
साथै सम्पूर्ण ईभी खण्डले पनि स्मार्टफोनहरूको क्यूआई वायरलेस चार्जिङ जस्ता साझा वायरलेस चार्जिङ स्ट्याण्डर्डमा स्विच गरेको खण्डमा यी समस्याहरू हराउन सक्ने थप उल्लेख गरिएको छ।
यद्यपि हामी सडकमा हिड्ने त्यस्ता सवारीहरूबाट अझै केही वर्ष पर रहेको हुनाले अहिले नै यसो भन्न केही छिटो हुने भए तापनि टेस्लाको साइबरक्याबले हामीलाई भविष्यका ईभीहरूको झलक प्रदान गरिसकेको छ।
प्रकाशित: १० कार्तिक २०८१, शनिबार