टीसीएलको ५० सिरिज र ४ वटा ट्याब्लेटमा एण्ड्रोइड १५ उपलब्ध हुने पक्का

Technology Khabar ९ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।

टीसीएलको ५० सिरिज र ४ वटा ट्याब्लेटमा एण्ड्रोइड १५ उपलब्ध हुने पक्का भएको छ। टीसीएलले पछिल्लो १२ महिनामा धेरै फोनहरू सार्वजनिक गरेको छ जसमा नयाँ ५० सिरिजका फोनहरू र एनएक्सटीपेपर उत्पादनहरू समावेश छन्।

कम्पनीले आधिकारिक रूपमा एण्ड्रोइड १५ अपडेट पाउने सबै उपकरणहरूको सूची पनि पुष्टि गरेको छ र सबैभन्दा राम्रो कुरा भनेको अधिकांश नयाँ उपकरणहरू यो सफ्टवेयर अपडेटको लागि तयार छन्।

एण्ड्रोइड १५ अपडेट पाउने डिभाइसहरु निम्नलिखित छन्:

  • टीसीएल ५० फाइभजी
  • टीसीएल ५० एनएक्स्टीपेपर फाइभजी
  • टीसीएल ५० प्रो एनएक्स्टीपेपर
  • टीसीएल ५० एसई
  • टीसीएल ५० एक्सएल
  • टीसीएल ५०५
  • टीसीएल ५० एनएक्स्टीपेपर फाइभजी
  • टीसीएल ट्याब ८ जेन २ र एलटीई
  • टीसीएल ट्याब १० एनएक्स्टीपेपर
  • टीसीएल ट्याब ११ जेन २ र एलटीई
  • टीसीएल ट्याब ११ एफई

सूचीमा टीसीएल ५० एक्सएल एनएक्स्टीपेपर उल्लेख गरिएको छैन। कम्पनीले सम्भवतः पछि यसको अपडेट पूरा गरेर थप्ने जीएसएमएरिनाले जनाएको छ।

एण्ड्रोइड १५ अपडेटले टीसीएल फोनहरूमा प्राइभेट स्पेस, पार्शियल स्क्रीन शेयरिङ र एप आर्काइभिङ जस्ता सुविधाहरू ल्याउनेछ। अपडेट रिलीज नजिकै हुँदा थप विस्तृत विवरण आउने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया