
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारिता विषय लिई स्नातक तहमा अध्ययनरत १४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
सूचना तथा प्रशारण विभागले एक सूचना प्रकाशित गरी पत्रकारिता विषय लिई प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तीर्ण गरी स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई यस सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिन आग्रह गरेको हो।
‘पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यविधि, २०७४” (संशोधन) को अनुसूची (१) बमोजिमको ढाँचामा विभागमा निवेदन दिन आह्वान गरिन्छ’, सूचनामा उल्लेख छ।
निवेदनसाथ संलग्न गर्नुपर्ने कागजपत्रहरू यसप्रकार छन्:
सिफारिस-पत्रः
निवेदन दिने विद्यार्थीहरूमध्ये खुला ५ जना, महिला ३ जना, दलितः १ जना , आदिवासी/जनजातिः १ जना, मधेशी १ जना, मुस्लिम १ जना, अपाङ्ग १ जना र पिछडिएको क्षेत्र १ जना गरी १४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ।

सूचनामा उल्लेख भए अनुसार निवेदन गुगल फर्म्समार्फत दिनु पर्नेछ। दिइएको क्यूआर कोड स्क्यान गरेर अथवा https://forms. gle/GEN9qXwmRriPZypz5 मार्फत फारम भर्न सकिने जनाइएको छ। यसबाहेक पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यविधि, २०७४ (संशोधन) अनुसुची (१) बमोजिमको निवेदनको ढाँचा तथा सूचनाको विस्तृत विवरण विभागको वेबसाइट www.doib.gov.np बाट प्राप्त गर्न सकिने उल्लेख छ।
*हेडलाइन सच्याईएको।
प्रकाशित: ५ कार्तिक २०८१, सोमबार