मेटाले सार्वजनिक गर्यो अन्य एआई मोडललाई नै ‘मूल्याङ्कन’ गर्न सक्ने ‘एआई मोडल’

Technology Khabar ४ कार्तिक २०८१, आईतवार

मेटाले सार्वजनिक गर्यो अन्य एआई मोडललाई नै ‘मूल्याङ्कन’ गर्न सक्ने ‘एआई मोडल’
आर्टिफिसियल इन्टेलिजेन्स। तस्वीरः फ्रिपिक डटकम/ईरिमोटोभ

काठमाडौं ।

फेसबुकको मूल कम्पनी मेटाले शुक्रबार आफ्नो अनुसन्धान विभागबाट नयाँ एआई मोडेलहरूको एउटा ब्याच जारी गरेको छ जसमा “सेल्फ ट:ट इभ्यालुयटर” पनि समावेश छ जसले एआई विकास प्रक्रियामा कम मानव संलग्नता हुने बाटो देखाउन सक्छ।

यो सार्वजनिक घोषणा मेटाले अगस्टमा सार्वजनिक गरेको एक कार्यपत्र अनुसार आएको बताइएको छ जहाँ उक्त उपकरणलाई परिचय गराइएको थियो। कार्यपत्रमा ओपनएआईले हालै जारी गरेको ०१ मोडेलहरूले प्रयोग गरेको “चेन अफ थट” प्रविधिको प्रयोग गरेर कसरी विश्वसनीय मूल्यांकन गर्न सकिन्छ भन्ने जानकारी दिइएको थियो।

रोयटर्सका अनुसार यो प्रविधिले जटिल समस्याहरूलाई साना तर्कसंगत चरणहरूमा विभाजन गरेर समस्याहरूको समाधान गर्ने प्रयास गर्छ, जसले विज्ञान, कोडिङ, र गणित जस्ता विषयहरूमा समस्याहरूको उत्तरको शुद्धता बढाउँछ।

मेटाका अनुसन्धानकर्ताहरूले इभ्यालुयटर मोडेललाई त्यस चरणमा मानवको इनपुटलाई हटाएर पूर्ण रूपमा एआईमार्फत् जेनेरेट गरिएको डाटाबाट तालिम दिएका थिए। एआईले एआईलाई विश्वसनीय रूपमा मूल्यांकन गर्न सक्ने क्षमताले सम्भावित रूपमा यस्तो एआई एजेन्टको निर्माण गर्ने बाटो देखाउँछ जसले आफ्ना गल्तीहरूबाट सिक्न सक्छ।

एआई क्षेत्रका धेरैजना व्यक्तिले मानव हस्तक्षेप बिना विभिन्न कार्यहरू गर्न सक्षम डिजिटल सहायकको रूपमा यस्तो एजेन्टको कल्पना गर्छन्।

आफैँ सुधार गर्ने मोडेलहरूले रिइन्फोर्समेन्ट लर्निङ फ्रम ह्युमन फीडब्याक जस्तो महँगो र कहिलेकाहीं अप्रभावी प्रक्रियालाई हटाउन सक्छन्। यो प्रविधिले मानव विशेषज्ञहरूको इनपुटको आवश्यकता पर्छ जसले डाटा सही रूपमा लेबल गर्न र जटिल गणितीय तथा लेखनसम्बन्धी प्रश्नहरूको उत्तर प्रमाणित गर्न सक्षम हुनुपर्छ।

“एआई अधिक सुपर-मानव बन्न थालेपछि यसले आफ्नो काम जाँच्न अझ सक्षम हुनेछ जसबाट यो औसत मानवभन्दा राम्रो हुने हाम्रो अपेक्षा छ,” मेटाका अनुसन्धानकर्ता जेसन वाट्सनले भने। “आफैँ सिक्न र आफैँ मूल्यांकन गर्न सक्षम हुने विचार एआईलाई सुपर-मानव स्तरमा पुर्‍याउन महत्त्वपूर्ण छ,” उनले थपे।

प्रकाशित: ४ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया