सामाजिक सञ्जालको सदुपयोग गरेर व्यवसाय गर्दै

  • Technology Khabar | ३ कार्तिक २०८१, शनिबार
सामाजिक सञ्जालको सदुपयोग गरेर व्यवसाय गर्दै

काठमाडौं ।

सामाजिक सञ्जालको लतले गर्दा कैयौँका घरबार बिग्रने र कतिपय ठगीको सिकार बन्ने गरेको भए पनि म्याग्दीका एक उद्यमीले भने सामाजिक सञ्जालको माध्यमबाटै व्यवसाय अगाडि बढाएका छन्। उनले सामाजिक सञ्जाल टिकटकमा लाइभ बसेर ढाकाको कपडा बिक्री गर्ने गरेका छन्।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल बसपार्कमा रहेको कोसेलीघरकी सञ्चालक दिलमाया घतानेले टिकटकको माध्यमबाट ग्राहक खोज्दै त्यसैबाट मासिक एक लाख ५० हजार रुपियाँ हाराहारीको व्यापार गर्ने गरेकी छन्। उनले कालीपुल बसपार्कमा रहेको कोसेलीघरमा बिहान ७ देखि बेलुका ७ बजेसम्म बस्ने र कोठामा फर्केपछि झन्डै तीन घण्टा दैनिक ‘टिकटक लाइभ’ मा बिताउने गरेको बताउँछिन्।

उद्यमी घतानेले ढाकाबाट तयार पारेको सामग्रीसहित अन्य हस्तकला र अर्गानिक सामान नेपालमा मात्रै नभएर विदेशमा समेत पठाउने गरेको सुनाउँछिन्। सबै समय होइन निश्चित समय बिहानबेलुका टिकटकमा लाइभ बस्ने गरे को उनको भनाइ छ। सामानबारे टिकटकमा जानकारी छाडेपछि आवश्यक पर्नेले इनबक्समा म्यासेज पठाउने गरेपछि बाँकी कुराकानी हुने र सामग्री पठाउने उनको भनाइ छ।

उद्यमी घतानेले म्याग्दीमा उत्पादन हुने अल्लो र ढाकाबाट तयार पारेको सारी, सल, कुर्ता, गलबन्दी, रुमाल, पर्स, चोलो, कोट, टोपी झोलालगायत सामग्री बिक्री गरिन्। उनले लाइभमै सोध्नेलाई सामग्री देखाइदिने र पछि उनीहरूको चासो अनुसार म्यासेजमा कुरा गरेर मूल्य तथा अन्य कुरा बताउँछिन।

घताने भन्छिन, “नियमित यतै नै भन्ने छैन तर मैले टिकटकबाट महिनामा करिब डेढ लाख रुपियाँसम्मका सामग्री बिक्री गर्छु।” नेपालभन्दा पनि धेरै विदेशबाट सामान मगाउने ग्राहक भएको उनी बताउँछिन।

टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा समेत उद्यमी घतानेको कोसेलीघरमा पाइने सबै सामग्रीबारे जानकारी पाइन्छ। त्यहीँबाट अर्डर लिनेको सङ्ख्या बढ्न थालेपछि अहिले पसलमै बसेर दिउँसोको समयमा पनि सामाजिक सञ्जालमा पनि नजर पुर्याउने गरेको उद्यमी घतानेको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: ३ कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • ३ कार्तिक २०८१, शनिबार