सामसङले सार्वजनिक गर्यो एआई र गेमिङलक्षित ब्लेजिङ फास्ट २४ जीबी डीडीआर७ डीआरएएम

  • Technology Khabar | ३ कार्तिक २०८१, शनिबार
सामसङले सार्वजनिक गर्यो एआई र गेमिङलक्षित ब्लेजिङ फास्ट २४ जीबी डीडीआर७ डीआरएएम

काठमाडौं ।

सामसङले उद्योगको पहिलो २४ जीबी जीडीडीआर७ डीआरएएम विकास गरेको घोषणा गरेको छ। यो डाटा सेन्टर, एआई वर्कस्टेशनको साथै ग्राफिक्स कार्ड, गेमिङ कन्सोल र आटोनोमस (स्वायत्त) ड्राइभिङमा इण्ड–प्रयोगकर्ताको प्रयोगको लागि भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो नयाँ मेमोरीमा गत वर्षको १६ जीबी जीडीडीआर७ डीआरएएम को तुलनामा दोब्बर क्षमता रहेको खुलासा गरिएको छ। त्यसैगरी फिफ्थ–जेन १०–एनएम–क्लास प्रोसेसमा चिपको निर्माण गरिएको र पूर्ववर्ती जस्तै आकार कायम राख्दै यसले सेल डेन्सिटिलाई ५० प्रतिशतले सुधार गर्नेछ।

यसको गति ४२.५ जीबीपीएस सम्म रहेको छ जुन अघिल्लो संस्करणको भन्दा २५ प्रतिशत बढी भएको र यसको श्रेय भने थ्री–लेभल पल्स–एम्प्लिट्यूड मोड्युलेसन (पीएएम३) लाई दिइएको छ। त्यसैगरी यसले खपत गर्ने उर्जामा पनि ३० प्रतिशतभन्दा बढी सुधार भएको कम्पनीले दावी गरेको छ।

जीपीयू ग्राहकहरूका लागि प्रमुख एआई प्रणालीहरूमा २४ जीबी जीडीडीआर७ डीआरएएम को प्रमाणीकरण यस वर्ष सुरु हुनेछ। साथै सन् २०२५ को प्रारम्भमा चिपको व्यावसायीकरण गर्ने योजना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...