नयाँ आईप्याड मिनीमा डाउनग्रेड गरिएको ए१७ प्रो चिपसेट रहेको खुलासा

Technology Khabar ३ कार्तिक २०८१, शनिबार

काठमाडौं ।

एप्पलले भखैरै आफ्नो आईप्याड मिनीको ७ औं पुस्ता जारी गरेको छ। यस आईप्याड मिनीलाई ए१७ प्रो चिपसेटको साथ प्रस्तुत गरिएको छ जुन आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा पनि देखिएको थियो। यद्यपि, ट्याब्लेटमा ५–कोर जीपीयू मात्र रहेको र जुन ए१७ प्रो को डाउनग्रेड संस्करण जस्तो देखिन्छ भनि आधिकारिक वेबसाइटले भने केही फरक बताएको छ।

यी चिपसेटहरूले उत्पादनको समयमा समान गुणस्तर नियन्त्रण प्रक्रिया पास नगर्ने भएकाले यस प्रकारको चिपसेटहरूलाई प्रायः बिन्ड भनिने गरिएको छ।

साथै ६–कोर सीपीयू र ५–कोर जीपीयू सहितको यो संस्करण आईफोनहरूको लागि पर्याप्त शक्तिशाली नभए तापनि नयाँ आईप्याडहरूको लागि भने पर्याप्त ठूलो ब्याच रहेको सम्भवना बारे जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैगरी एप्पलले १६ प्रो डुओ लन्च गरेपछि आईफोन १५ प्रो र प्रो म्याक्स बन्द गरिएको थियो र यसले गर्दा फोनहरूको लागि भनेर सुरुमा छुट्याइएको चिपहरूको अतिरिक्त जोडी बाँकी भएको हुन सक्ने भनि जीएसएमएरिनाले औंल्याएको छ।

जीएसएमएरिनाका अनुसार प्रदर्शन जारी राख्नका लागि एउटा कोर डिएक्टिभेट भए तापनि चिपले राम्रो प्रदर्शन गर्नेछ। साथै यस ट्याब्लेटमा रहेको ए१७ प्रो लाई ध्यानमा राख्दा आईप्याड मिनी (२०२४) मा आईओएस १८.१ को साथ एप्पल इन्टेलिजेन्स हुने आशा गरिएको छ। यस ट्याब्लेटको प्रारम्भिक मूल्य ४९९ अमेरिकी डलर रहेको छ भने अक्टोबर २३ तारिखदेखि बिक्री सुरु हुनेछ।

प्रकाशित: ३ कार्तिक २०८१, शनिबार

तपाइको प्रतिक्रिया