एप्पल वालेटले चाँडै थप तीनओटा कार ब्रान्डहरूका लागि डिजिटल कार की सपोर्ट थप्दै

  • Technology Khabar | २ कार्तिक २०८१, शुक्रबार
एप्पल वालेटले चाँडै थप तीनओटा कार ब्रान्डहरूका लागि डिजिटल कार की सपोर्ट थप्दै

काठमाडौं ।

एप्पलले आफ्नो वालेट एपभित्र डिजिटल कार कीजको समर्थन अब छिट्टै नै आउडी, भोल्भो र पोलेस्टार गरी थप तीनवटा कार ब्रान्डहरूका लागि विस्तार गर्ने भएको छ।

त्यसैगरी एप्पलले हाल वालेट एपमा आवश्यक कोड थप्ने काम गरिरहेको छ जसले फङ्गसनेलिटीलाई सक्षम पार्नेछ।

माथि उल्लिखित कार ब्रान्डहरूका लागि डिजिटल कार कीजको समर्थन कहिले लन्च हुनेछ भन्ने बारेमा भने स्पष्ट छैन। यद्यपि यो जानकारी वालेट एपको ब्याकइन्डमा पत्ता लागेका कोड परिवर्तनहरूबाट आएको हुनाले यो चाँडै हुने एरिनाईभीले उल्लेख गरेको छ।

एप्पलले सन् २०२२ मा डिजिटल कार कीज लन्च गरेको थियो भने हाल यो चयन गरिएका बीएमडब्ल्यू, बीवाईडी, हुण्डाई, किआ, जेनेसिस, लोटस, मर्सिडीज र राम भेहिकल्सहरूमा समर्थित रहेको छ। त्यसैगरी समर्थित भेहिकल्सहरूको पूर्ण सूची एप्पलको वेबसाइटमा उपलब्ध छ।

एरिनाईभीका अनुसार नामले संकेत गरेझैं फोन वा वाचलाई उपयुक्त कारको एनएफसी रिडर नजिकै होल्ड (समातेर) गरेर डिजिटल कीलाई तपाईले आफ्नो आईफोन वा एप्पल वाचलाई एनएफसी मार्फत अनलक गर्न, लक गर्न वा आफ्नो कार स्टार्ट गर्न प्रयोग गर्न सकिनेछ।

प्रकाशित: २ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...