Technology Khabar २ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
एक्सियोम स्पेस र प्राडाले गत अक्टोबरमा नासाको आर्टेमिस थ्री मिशनको लागि एउटा नयाँ स्पेससूट सिर्जना गर्न भनेर साझेदारी गरेका थिए। साथै आर्टेमिस थ्री मिशन सन् १९७२ को अपोलो १७ पछिको चन्द्रमामा पहिलो चालक दलसहितको भेन्चर हुने इनग्याजेटमा उल्लेख गरिएको छ।
उक्त साझेदारी गरेको एक वर्षपछि एक्सियोम स्पेस र प्राडाले मिलानको इन्टरनेस्नल एस्ट्रोनटिकल कंग्रेसमा एक्सियोम एक्स्ट्राभेहिक्युलर मोबिलिटी युनिट (एएक्सईएमयू) स्पेससूटको पहिलो लुक्स (झलक) को खुलासा गरेको छ।
साथै उक्त सूट रातो र खैरो एक्सेन्टको साथ सेतो रहेको छ भने जुन स्वीकार्य रूपमा एक विशिष्ट स्पेससूट भन्दा राम्रो देखिने इनग्याजेटले थप उल्लेख गरेको छ।
नयाँ स्पेससूटको डिजाइनले लचिलोपनमा सुधार गरको र आठ घण्टाको स्पेसवाकको लागि योग्य पनि रहनुका साथै चन्द्रमाको दक्षिणी ध्रुवको सबैभन्दा चिसो तापक्रममा दुई घण्टा टिक्न सक्ने दावी गरिएको छ।
“प्राडाको डिजाइन र प्रोडक्ट डेभलपमेन्ट टिम (उत्पादन विकास टोली) ले एक्सियोम स्पेस इन्जिनियरहरूसँग कस्टमाइज्ड म्याटेरियल रिकमेन्डेसन (अनुकूलित सामग्री सिफारिस) हरू र फिचरहरूमा मिलेर काम गरेको र जसले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमा वातावरणको अद्वितीय चुनौतीहरूबाट जोगाउन र भविष्यको अन्तरिक्ष अन्वेषणलाई दृश्यात्मक रूपमा प्रेरित गर्दछ” कम्पनीहरूले संयुक्त बयानमा बताए।
एक्सियोम स्पेस, स्पेसएक्स र नासा सुविधाहरूमा परीक्षण र सिमुलेशनहरू पार गरिसकेपछि सूट लगभग तयार भएको छ। यसले बाँकी मूल्याङ्कनहरू पूरा गरेपछि सन् २०२५ मा अन्तिम समीक्षा प्रवेश गर्नेछ।
नासाले सुरुमा आर्टेमिस थ्री सन् २०२५ मा प्रक्षेपण गर्ने योजना बनाएको थियो भने यस वर्षको सुरुमा यसलाई सन् २०२६ को सेप्टेम्बरमा धकेलेको छ। अन्तरिक्ष एजेन्सीले सुरुमा एक्सियोमलाई सन् २०२२ मा मिसन प्रदान गरेको थियो।
प्रकाशित: २ कार्तिक २०८१, शुक्रबार