Technology Khabar २९ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
छिमेकी भारतको उत्तर प्रदेशको बहराइचमा आइतबार साँझ दुर्गाको मूर्ति विसर्जनका क्रममा चर्को हंगामा भएको छ। उक्त घटनापछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको थियो। यस घटनामा एक युवकको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् र स्थिति नियन्त्रणमा लिन प्रहरी बल बोलाउनु परेको थियो।
हुलदंगाको घटना बढ्दै गएपछि युपी राज्यको योगी सरकारले सहरमा इन्टरनेट बन्द गर्न निर्देशन दिएको छ। मुख्यमन्त्री योगीले डीजीपीसँग अवस्थाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री योगीले डीजीपीलाई धेरै महत्त्वपूर्ण निर्देशनहरु दिएका छन्। आवश्यक परेमा अधिकारीहरूलाई बहराइच पठाइने भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
प्रकाशित: २९ आश्विन २०८१, मंगलवार