आईफोन निर्माता एप्पल माथि कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोकेको आरोप

  • Technology Khabar | २८ आश्विन २०८१, सोमबार
आईफोन निर्माता एप्पल माथि कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोकेको आरोप

काठमाडौं ।

विश्वभर लोकप्रिय आईफोन बनाउने अमेरिकी कम्पनी एप्पलले आफ्ना कर्मचारीहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोकेको आरोप लागेको छ। युएस नेशनल लेबर रिलेसन बोर्ड (एनएलआरबी) ले कम्पनीले आफ्ना कामदारहरुको राम्रो काम गर्ने अवस्थाको अधिकारमा हस्तक्षेप गरिरहेको छ र यसका लागि उनीहरुको सामाजिक सञ्जाल र कार्यस्थलको मेसेजिङ एप स्ल्याकको प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको छ।

एनएलआरबी उजुरीमा, एप्पलले गैरकानुनी कार्य नियमहरू बनाएको आरोप लगाइएको एक रिपोर्टमा भनिएको छ। कामको अवस्था परिवर्तन गर्न माग गर्ने एक कर्मचारीलाई कम्पनीले गैरकानुनी रूपमा बर्खास्त गरेको गुनासोमा उल्लेख छ। यसबाहेक अर्का एक कामदारलाई सामाजिक सञ्जालमा भएको पोस्ट डिलिट गर्न भनिएको छ। यसले एप्पलले सामाजिक सञ्जालमार्फत आफ्ना कर्मचारीहरूलाई निगरानी गरिरहेको देखाउँछ।

यो महिना एनएलआरबीले एप्पललाई उजुरी पठाएको यो दोस्रो पटक हो। गत हप्ता, यसले कम्पनीले आफ्ना कर्मचारीहरूलाई गैरकानूनी गोपनीयता, गैर-प्रकटीकरण र गैर-प्रतिस्पर्धी सम्झौताहरूमा हस्ताक्षर गर्न दबाब दिएको आरोप लगाएको थियो।

अर्कोतर्फ एप्पलका प्रवक्ताले कम्पनी सकारात्मक र समावेशी कार्यस्थल कायम गर्न प्रतिबद्ध छ र कामदारहरूको गुनासोलाई गम्भीर रूपमा लिने बताएका छन्। यदि एप्पलले एनएलआरबीसँग यो मुद्दा सुल्झाउँदैन भने, एक प्रशासकीय न्यायाधीशले मुद्दाको सुनुवाइ गर्ने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २८ आश्विन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार