
काठमाडौं ।
फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ।
केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ। केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।
सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानूनमा संशोधन गर्न बिहीबार संसदमा प्रस्ताव पेस गरेको छ।
सरकारका अनुसार केन्द्रले फिनल्याण्डको राष्ट्रिय सुरक्षामा, पूर्वाधारको सुरक्षा, आपूर्ति शृङ्खला सुरक्षा सुनिश्चित गर्न तथा साइबर सुरक्षामा महत्वपूर्ण योगदान दिनेछ। रासस\सिन्ह्वा
प्रकाशित: २७ आश्विन २०८१, आईतवार