स्पोटिफाईको निशुल्क संगीत र पडकास्ट सेवा अब दक्षिण कोरियामा पनि उपलब्ध

  • Technology Khabar | २६ आश्विन २०८१, शनिबार
स्पोटिफाईको निशुल्क संगीत र पडकास्ट सेवा अब दक्षिण कोरियामा पनि उपलब्ध

काठमाडौं ।

स्पोटिफाइको निशुल्क संगीत र पोडकास्ट सेवा अब दक्षिण कोरियामा उपलब्ध भएको यो अडियो स्ट्रिमिङ प्लेटफर्मले बिहीबार जनाएको छ। यसले आफ्नो दर्शक आधार विस्तार गर्न खोजिरहेको क्रममा यो सेवालाई दक्षिण कोरियामा पनि उपलब्ध गराएको बुझिएको छ।

यो स्ट्रिमिङ दिग्गजको “फ्रिमियम” व्यापार मोडेलले सीमित विज्ञापन-समर्थित निशुल्क सेवा र असीमित प्रिमियम सदस्यता सेवा दुवै प्रदान गर्ने रोयटर्सले उल्लेख गरेको छ।

स्पोटिफाइका अनुसार यस कदमले उनीहरूलाई ग्लोबल दर्शकहरूलाई के-पप पनि समावेश रहेको कोरियाली संगीतसँग राम्रोसँग जोड्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

अब दक्षिण कोरियाका प्रयोगकर्ताहरूले स्पोटिफाइको प्लेलिस्ट, पडकास्ट, र डेली मिक्सजस्ता सेवा निशुल्क पहुँच गर्नका लागि निशुल्क खाता बनाउन सक्छन् र पछि प्रिमियम अपग्रेड गर्न सक्दछन्, जसमा अन-डिमान्ड, विज्ञापन-रहित संगीत उपलब्ध हुनेछ।

“स्पोटिफाइको निशुल्क सेवामा विज्ञापन गर्ने ब्रान्डहरूले आफ्नो सन्देश प्रभावकारी रूपमा दिन सक्छन्, किनभने स्पोटिफाइका विज्ञापनहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूभन्दा विश्वभर दुई गुणा बढी ध्यान आकर्षित गर्छ,” कम्पनीले भन्यो।

प्रकाशित: २६ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • २६ आश्विन २०८१, शनिबार