शाओमी एसयू७ अल्ट्रा आधिकारिक एपमा देखा पर्यो, सन् २०२५ मा सार्वजनिक हुने सम्भावना

Technology Khabar २५ आश्विन २०८१, शुक्रबार

काठमाडौं ।

अटोमोटिभ बजारमा शाओमीको महत्वाकांक्षी आक्रमणले गति लिइरहेको छ। टेक जायन्टको हाई–पर्फमेन्स (उच्च–प्रदर्शन) इलेक्ट्रिक एसयूभी ‘एसयू७ अल्ट्रा’ ले आफ्नो प्रभावशाली विशेषताहरू र सम्भावित लन्च टाइमलाइनको साथ हेडलाइनहरू बनाउँदै आएको छ।

गीज्मोचाइनाका अनुसार प्रायः हाई–पर्फमेन्स भेहिकल्स (उच्च प्रदर्शन सवारी साधनहरू) को परीक्षणको लागि प्रयोग गरिने प्रख्यात चुनौतीपूर्ण ट्र्याक नरबर्गिङ नोर्डस्लेफमा एसयू७ अल्ट्रा प्रोटोटाइपले भर्खरै मात्र एक सफल परीक्षण पूरा गरेपछि हेडलाइन बनाएको उल्लेख गरिएको छ।

यो उपलब्धिले गाडीको क्षमतालाई मात्र नदेखाएर यसको आधिकारिक लन्चको पनि संकेत गरेको जनाइएको छ। साथै यस प्रोटोटाइपले आधिकारिक रूपमा यस वर्षको अक्टोबरमा नरबर्गिङ सर्किटमा पुनः परीक्षणको लागि प्रयास गर्ने थप उल्लेख गरिएको छ।

रिपोर्टहरूका अनुसार शाओमीले सन् २०२५ को पहिलो क्वाटरमा एसयू७ अल्ट्राको प्रोडक्सन भर्सन (उत्पादन संस्करण) अनावरण गर्ने योजना बनाएको छ।

त्यसैगरी शाओमी अटो एपभित्र अप्रत्याशित दृश्यहरूले यस लन्चको आशालाई थप बढाएको छ। प्रयोगकर्ताहरूले एसयू७ अल्ट्रा प्रोटोटाइपको कन्फिगरेसन विकल्पहरू पत्ता लगाएको भए तापनि ती विकल्पहरू रहस्यमय रूपमा केही समयपछि हटाइएको उल्लेख गरिएको छ।

एसयू७ अल्ट्राले आफ्नो अत्याधुनिक प्रविधि र असाधारण पर्फमेन्सका साथ इलेक्ट्रिक एसयूभी खण्डलाई पुनः परिभाषित गर्न तयार रहेको उल्लेख गरिएको छ। पूर्ण कार्बन फाइबर बडीमा बनाइएको एसयू७ अल्ट्राको तौल १९०० किलोग्रामको मात्र रहेको जनाइएको छ भने उक्त कम तौलले यसको प्रभावशाली एक्सेलेरेशन र टप स्पिडमा योगदान पुर्याउने थप उल्लेख गरिएको छ।

हुड अन्तर्गत एसयू७ अल्ट्रामा एक शक्तिशाली इलेक्ट्रिक ड्राइभट्रेन रहेको जनाइएको छ जसले १५४८ हर्शपावरको कम्बाइन्ड आउटपुट प्रदान गर्नेछ।

साथै यसले उत्साहजनक पर्फमेन्समा ट्रान्सलेट गर्दै एसयूभीले १.९७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टासम्मको एक्सेलेरेशन गरेर प्रति घन्टा ३५० किलोमिटरभन्दा बढीको टप स्पिडमा पुग्न सक्षम रहेको उल्लेख गरिएको छ।

त्यसैगरी ब्रेकिङ प्रणाली पनि उत्तिकै प्रभावशाली रहेको जनाइउको छ जसमा १०० किलोमिटर प्रति घन्टाबाट २५ मिटर रोकिने छ।

शाओमीले अक्टोबरको अन्तमा एउटा महत्त्वपूर्ण लन्च कार्यक्रम तय गरेको छ जसमा कम्पनीले शाओमी १५ सिरिज र शाओमी प्याड ७ सिरिजहरूका साथै अन्य अपेक्षित प्रोडक्टहरू प्रस्तुत गर्नेछ। साथै यस कार्यक्रममा एसयू७ अल्ट्राको यात्रा र फराकिलो शाओमी ईभी रोडम्यापमा पनि प्रकाश पार्न सक्ने सम्भावना रहेको जनाइएको छ।

शाओमीको इलेक्ट्रिक भेहिकल ‘एसयू७’ ले सेप्टेम्बरमा लगभग १६ हजार युनिटहरूको प्रभावशाली बिक्री हासिल गर्दै लगातार चौथो महिना १० हजार युनिटहरू पार गरेको कम्पनीको दावी छ।

साथै अक्टोबरमा २० हजार युनिटको लक्ष्यमा पुग्ने लक्ष्य राखेको कम्पनीले दक्षता अभिवृद्धि गर्न एआई र स्मार्ट म्यानुफ्याक्चरिङ्गका साथ प्रोडक्सन लाइनहरू अप्टिमाइज गरेको जनाइएको छ। टेस्लाको मोडेल ३ र मोडेल वाईसँग प्रतिस्पर्धा गर्दै एसयू७ ले आफ्नो किफायती, उन्नत प्रविधि र एआई ड्राइभिङ एसिस्टेन्टका साथ उपभोक्ताहरूलाई अपील गर्ने गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २५ आश्विन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया