Technology Khabar २५ आश्विन २०८१, शुक्रबार
काठमाडौं ।
संसारकै ठूलो चिप निर्मता कम्पनी टीएसएमसीले बुधबार तेस्रो त्रैमासिक राजस्व प्रकाशित गर्यो जसमा बजार र कम्पनी दुवैको पूर्वानुमानलाई उसले सजिलै पार गरेको देखिएको छ। यसो हुनुमा कम्पनीले एआई को मागबाट फाइदा उठाएको बुझिएको छ।
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी अर्थात् टीएसएमसीका ग्राहकहरूमा एप्पल र एनभिडिया पर्छन्। कम्पनीले एआईको वृद्धिका कारण अगाडि बढ्दै महामारीका बेलन घट्दै गएको मागलाई पनि सामना गर्न मद्दत गरेको छ।
यो वर्षको जुलाई-सेप्टेम्बर अवधिमा राजस्व ७५९.६९ ताइवानी डलर (२३.६२ बिलियन अमेरिकी डलर) पुगेको छ, जुन रोयटर्सको गणना अनुसार २३ जना विश्लेषकहरूको एलएसईजी स्मार्ट इस्टिमेट अनुसार गरिएको ७५०.६२ बिलियन ताइवानी डलर अर्थात् ( २३.३३ बिलियन) डलरको आकलनलाई उछिनेको समाचार संस्था रोयटर्सले जनाएको छ।
यो आँकडा गत वर्षको समान अवधिको तुलनामा ३६.५% को वृद्धि हो जुन गत वर्ष १७.३ बिलियन अमेरिकी डलर रहेको थियो। यो प्रत्यक्ष तुलना भने होइन किनकि टीएसएमसीले मासिक आम्दानी डाटा ताइवान डलरमा मात्र उपलब्ध गराउँछ। तर त्रैमासिक राजस्व र आउटलुक भने त्रैमासिक आम्दानी कलहरूमा अमेरिकी डलरमा दिन्छ।
यसबारे पछिल्लो आम्दानी आकलनमा जुलाईमा टीएसएमसीले तेस्रो त्रैमासको आम्दानी २२.४ बिलियन देखि २३.२ बिलियन अमेरिकी डलरबीच हुने पूर्वानुमान गरेको थियो।
सेप्टेम्बरको लागि मात्रै टीएसएमसीले राजस्व ३९.६% ले वृद्धि भएर २५१.८७ बिलियन ताइवनी डलर पुगेको रिपोर्ट गरेको छ। कम्पनीले थप विवरण भने दिएको छैन।
टीएसएमसीले आफ्नो तेस्रो त्रैमासिक पूरै आम्दानीको रिपोर्ट अक्टोबर १७ मा प्रकाशित गर्नेछ, जुन बेला उसले आफ्नो आउटलुक पनि अपडेट गर्नेछ।
कम्पनीको ताइपेइमा सूचीबद्ध शेयर यो वर्ष अहिलेसम्म ७२% ले बढेको छ, जुन बजारको सामान्य वृद्धि २६% को तुलनामा बढी हो। बुधबार राजस्व सङ्ख्याहरू सार्वजनिक हुनुअघि यसको शेयर मूल्य 1% ले वृद्धि भएको थियो।
प्रकाशित: २५ आश्विन २०८१, शुक्रबार