स्पेसएक्सद्धारा क्षुद्रग्रह विक्षेपनबारे अध्य्यन गर्न ‘हेरा मिसन’ प्रक्षेपण

  • Technology Khabar | २३ आश्विन २०८१, बुधबार
स्पेसएक्सद्धारा क्षुद्रग्रह विक्षेपनबारे अध्य्यन गर्न ‘हेरा मिसन’ प्रक्षेपण

काठमाडौं ।

स्पेसएक्सले सोमबार अन्तरग्रह स्थानान्तरण कक्षमा युरोपेली अन्तरिक्ष विभाग (ईएसए) को ‘हेरा मिसन’ प्रक्षेपण गरेको छ।

फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट पूर्वी समय बिहान १०ः५२ मा अन्तरिक्ष यान प्रक्षेपण गरिएको थियो।

हेरा एक ग्रह रक्षा मिसन हो जसले नासाको ’डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट (डाट)’ मिसनको अन्तरिक्ष यानले डिमोर्फोस नामक क्षुद्रग्रहमा गरेको प्रभावबारे अध्ययन गर्नेछ।

हेराले क्षुद्रग्रहको भौतिक एवं सौर्यमण्डलको निर्माण र विकास प्रक्रियाहरूबारे बुझ्न मद्दत गर्नको लागि भविष्यका क्षुद्रग्रह विक्षेपन मिशन र विज्ञानका लागि बहुमूल्य तथ्याङ्क प्रदान गर्नेछ।

क्षुद्रग्रहको वरिपरि स्वायत्त नेभिगेसनदेखि न्यून गुरुत्वाकर्षण निकटता अपरेसनहरूमा नयाँ प्रविधिहरू प्रदर्शन गर्दै, हेरा बाइनरी एस्टेरोइड प्रणाली र युरोपको फ्ल्यागशिप प्लानेटरी डिफेन्डरसँग भेट्ने मानवजातिको यो पहिलो अनुसन्धान हुने ईएसएले जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २३ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...