Technology Khabar १७ आश्विन २०८१, बिहीबार
काठमाडौं ।
ह्वाट्सएपले भिडियो कलहरूको लागि नयाँ फिल्टर र ब्याकग्राउण्डको घोषणा गरेको छ। अब यो मेसेजिङ प्लेटफर्मले गुगल मीट, जूमजस्ता अन्य प्लेटफर्महरू जस्तै एआई फिल्टरहरू र पृष्ठभूमि भिडियो कलहरूमा थप्न अनुमति दिने न्युज१८ले उल्लेख गरेको छ।
ह्वाट्सएपका अनुसार यी नयाँ सुविधाहरूले तपाईंको भिडियो कलहरूलाई व्यक्तिगत बनाउनेछ भने दृश्यलाई निजी र व्यावसायिक राख्नेछ।
साधारण स्क्रीनमा अनुहार मात्र देख्नुभन्दा फरक रूपमा अनुभव हुनेमा कल फिल्टरहरू र इफेक्टहरूले अनुभवलाई अझ आकर्षक र अन्तरक्रियात्मक बनाउने बताइएको छ।
ह्वाट्सएपले कुल १० ओटा फिल्टरहरू र पृष्ठभूमिहरू ल्याएको छ, जसलाई तपाईंले आफ्नो अर्को भिडियो कलको लागि छान्न सक्नुहुन्छ। त्यसैले, जब तपाईं कुनै अपरिचित व्यक्तिसँग बोल्दै हुनुहुन्छ वा आफ्नो वरपरको वातावरण देखाउन चाहनुहुन्न भने यी टूलहरू उपयोगी हुनेछन्।
यी फिल्टरहरुमा वार्म, कूल, ब्ल्याक एण्ड व्हाइट, लाइट लिक, ड्रिमी, प्रिज्म लाइट, फिसआई, भिन्टेज टीभी, फ्रस्टेड ग्लास र डुओ टोन रहेका छन्।
यसैगरी नयाँ ब्याकग्राउण्डमा ब्लर, लिभिङ रुम, अफिस, क्याफे, पेबल्स, फूडी, स्मूश, बीच, सनसेट, सेलिब्रेशन र फरेस्ट रहेका छन्।
तर यति मात्र नभई व्हाट्सएप भिडियो कलहरूमा अब टच-अप र लो-लाइट अप्सनहरू पनि थपिएका छन्, जसले तपाईंको भिडियो कलको प्रकाशलाई सुधार गर्न र थप चमक दिन मद्दत गर्नेछ।
व्हाट्सएपका अनुसार यी नयाँ सुविधाहरूले व्यक्तिगत (१:१) भिडियो कल र समूह भिडियो कलहरूमा पनि काम गर्नेछन्। तपाईं व्हाट्सएप स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेका इफेक्ट आइकनहरू छनोट गरेर भिडियो कलका लागि फिल्टरहरू वा पृष्ठभूमिहरू छान्न सक्नुहुन्छ।
ह्वाट्सएपले यी सुविधाहरू सुरुमा कुन प्लेटफर्ममा उपलब्ध हुने भन्ने स्पष्ट भनेको छैन तर यसले सबै प्रयोगकर्ताहरूका लागि आउने हप्ताहरूमा उपलब्ध हुने पुष्टि गरेको छ। जसको अर्थ सम्भवतः एन्ड्रोइड र आईफोन प्रयोगकर्ताहरूका लागि हुने सम्भावना छ।
प्रकाशित: १७ आश्विन २०८१, बिहीबार