यस्तो छ विश्वको सर्वोच्च शिखर सगरमाथाको ऊचाई क्रमश: बढ्दै जानुको रहस्य

Technology Khabar १७ आश्विन २०८१, बिहीबार

काठमाडौं ।

हालैको एक अध्ययनका अनुसार अरुण नदीले विश्वको सबैभन्दा अग्लो पर्वतको सगरमाथाको आधारबाट चट्टान र माटो काटिरहेको छ।

यसैका कारण सगरमाथाको उचाइ बढिरहेको छ। सगरमाथाको उचाइ पहिलेको ८८४८ बाट बढेर हाल ८८४९ मिटर नापिएको छ।

युनिभर्सिटी कलेज लन्डन (युसिएल) का अनुसन्धानकर्ताहरूले विश्वको सबैभन्दा अग्लो शिखरबाट ७५ किलोमिटर टाढा रहेको अरुण नदीको भू-सतहमा आएको परिवर्तनले हरेक वर्ष सगरमाथालाई दुई मिलिमिटरले बढाइरहेको बताएका बीबीसीले रिपोर्टमा भनेको छ।

“जब तपाईँ जहाजबाट सामान छोड्न थाल्नुहुन्छ, जहाज हल्का हुन्छ र त्यसैले जहाज पानीमा अलिक उचाइमा तैरन्छ, यो यस्तै प्रक्रिया हो”, अध्ययनका सह-लेखक एडम स्मिथले बताए।

हिमालय ४० मिलियन वर्ष पहिले भारतीय र युरेशियन टेक्टोनिक प्लेटहरूको टक्करबाट बनेको थियो। टेक्टोनिक प्लेटहरूको टक्कर तिनीहरूको निरन्तर वृद्धिको मुख्य कारण भएको छ। तर युसीएल टोलीका अनुसार सगरमाथाको उचाइ बढाउन अरुण नदीको आफ्नै योगदान छ।

अरुण नदी हिमालयबाट तल बग्दा यसले धेरै भग्नावशेष बोक्छ। यो भग्नावशेष पृथ्वीको धेरै माथिल्लो क्रस्टहरूमा जम्मा भएको सतह हो। परिणामस्वरूप पृथ्वीको क्रस्टको तल्लो तहहरूमा दबाब घट्छ।

चापमा कमी आएको कारण, पातलो तह टुक्रिन्छ र माथितिर बढ्छ र नदीसँगै बग्न थाल्छ। यसलाई हामी आइसोस्टेटिक रिबाउन्ड भन्छौँ, यो एक प्रकारको सन्तुलन प्रतिक्रिया हो।

नेचर जियोसाइन्स जर्नलमा प्रकाशित अध्ययनअनुसार-यसका कारण सगरमाथा मात्र नभई वरपरका चुचुराहरू पनि उठिरहेका छन्। यसमा विश्वको चौथो र पाँचौँ अग्लो चुचुराहरू लोत्से र मकालूसमेत समावेश छन्।

पछिल्लो अध्ययनका सह-लेखक डा म्याथ्यू फक्सले बीबीसीलाई भनेः “सगरमाथा र यसको वरपरका चुचुराहरू बढ्दैछन् किनभने आइसोस्ट्याटिक रिबाउन्डले बेसिनमा क्षरणका कारण ती छिटो माथि उठिरहेका छन्।”

“जिपिएस उपकरणहरूको सहयोगमा, हामी यसलाई हरेक वर्ष लगभग दुई मिलिमिटरले अग्लो हुँदै गएको देख्न सक्छौँ। सुरुमा हामीलाई यो किन भइरहेको थियो थाहा थिएन, तर अब हामीलाई किन थाहा छ।”

यस अनुसन्धानमा संलग्न नभएका नदी क्षरणको प्रभावबारे भूवैज्ञानिकहरूका अनुसार सैद्धान्तिक रूपमा यो एउटा रोचक कुरा हो तर अनुसन्धानमा धेरै कुरा छन् जसको बारेमा निश्चित रूपमा केही भन्न सकिँदैन।

सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर हो जुन चीन र नेपालको सिमानामा अवस्थित छ। अरुण नदी तिब्बतबाट उत्पत्ति भएर नेपालमा बग्छ। यसपछि यसको नाम दुई अन्य नदीहरूमा मिसिएर कोसी हुन्छ। कोशी उत्तरी भारतमा प्रवेश गर्छ र अन्ततः गङ्गामा मिसिन्छ।

यो नदी उच्च गतिमा पाहाडहरू हुँदै बग्छ। यसको तीव्र प्रवाहका कारण नदीले बाटोमा धेरै चट्टान, ढुङ्गा र माटो बोक्छ।

युसीएलका अनुसन्धानकर्ताहरूका अनुसार बदलिइरहेको उचाइको कारण अरुण नदीले ८९ हजार वर्ष पहिले तिब्बतको अर्को नदी वा जलाशय कब्जा गर्दा यसको वर्तमान शक्ति पाएको थियो। भूवैज्ञानिक समयको सन्दर्भमा यो धेरै पुरानो घटना होइन।

युसिएलमा छात्रवृत्तिमा रहँदा अनुसन्धान गर्ने चाइना युनिभर्सिटी अफ जियोसाइन्सेजका चिनियाँ शिक्षाविद् डा झु हान यस अध्ययनका प्रमुख लेखक हुन्।

“सगरमाथाको बदलिँदो उचाइले वास्तवमा पृथ्वीको सतहको गतिशील प्रकृतिलाई प्रकाश पार्छ। अरुण नदीको क्षरण र पृथ्वीको आवरणको माथिल्लो चापबिचको अन्तरक्रियाले सगरमाथाको उचाइ बढाइरहेको छ।”

युसिएलको अध्ययनले अरुण नदीले विगतमा तिब्बतको अर्को नदी वा जलाशय कब्जा गर्दा चट्टान र अन्य सामग्रीको असाधारण मात्रा काट्ने क्षमता प्राप्त गरेको बताएको छ।

अध्ययनको हिस्सा नभएका युनिभर्सिटी अफ एडिनबर्गको स्कुल अफ जियोसाइन्सेजका प्रोफेसर ह्यु सिन्क्लेयरले युसीएल टोलीले उचाइका लागि पहिचान गरेको कारणहरू उनलाई “उचित” लागेको बताए।

तर यसले केही प्रश्नहरू पनि खडा गर्यो। “नदीले गर्दा हुने क्षरणको सही मात्रा र समय वा कसरी नदी आफ्नो ओछ्यानमा तलतिर काट्छ र यसको च्यानललाई गहिरो बनाउँछ? यस प्रक्रियाका कारण, नजिकैका चुचुराहरूको उचाइ मलाई अनिश्चित देखिन्छ।”

“पहिलो, जल निकासीको ‘अतिक्रमण’ का कारण यति ठुलो जलग्रहण क्षेत्रमा नदीबाट हुने क्षरणको भविष्यवाणी गर्न गाह्रो छ।” तर यस अध्ययनका लेखकहरूले पनि केही समान अनिश्चिततालाई स्वीकार गर्छन्।

“दोस्रो, तीव्र स्थानीय क्षरणका कारण मात्र पाहाडहरू उठिरहेका छन् भनेर भविष्यवाणी गर्न निकै गाह्रो छ”, प्रोफेसर सिन्क्लेयरले भने।”

तर उनका अनुसार आपत्तिका बावजुद सगरमाथाको असाधारण उचाइमा नदीको भूमिकाले एउटा रोचक पक्षलाई प्रतिनिधित्व गर्ने बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: १७ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया