एचएमडीले युरोपेली बजारहरूमा नोकिया स्मार्टफोनहरू सूचीबाट हटायो

Technology Khabar १६ आश्विन २०८१, बुधबार

काठमाडौं ।

एचएमडीले यस वर्षको सुरुमा आफ्नो विकासको नयाँ चरणमा प्रवेश गर्दै आफ्नो एचएमडी–ब्रान्डेड डिभाइसहरूको पक्षमा स्मार्टफोनहरूको लागि नोकिया ब्रान्डिङलाई ड्रप गरेको थियो।

यद्यपि विगतका महिनाहरूमा एचएमडीले नोकिया–ब्रान्डेड स्मार्टफोन, फिचर फोन र ट्याब्लेटहरूको उपलब्धतालाई जारी राखेको भए तापनि युरोपमा भने तिनीहरूको आपूर्ति समाप्त भएको देखिएको उल्लेख गरिएको छ।

ओल्ड कन्टिनेन्ट (पुरानो महाद्वीप) मा अब कुनै पनि आधिकारिक एचएमडी वेबसाइटहरूमा नोकिया–ब्रान्डेड डिभाइसहरू फेला पार्न नसकिने जनाइएको छ।

यद्यपि एशिया, अफ्रिका, मध्य पूर्व, अष्ट्रेलिया, न्यूजील्याण्ड र ल्याटिन अमेरिकामा नोकिया डिभाइसहरू एचएमडीको स्टोरफ्रन्टहरूमा भने अझै पनि उपस्थित रहेको जनाइएको छ। ती क्षेत्रहरूमा पनि ढिलो–चाँडो उपलब्धता बन्द हुनेछ भन्ने अनुमान गरिएको छ।

त्यसैगरी नोकिया स्मार्ट र फिचर फोनहरू एचएमडीको सपोर्ट पेजमा अझै पनि रहेको जनाइएको छ भने तिनीहरूले सफ्टवेयर समर्थन पनि प्राप्त गर्न जारी राख्ने थप उल्लेख गरिएको छ।

यद्यपि उक्त सफ्टवेयर समर्थन कहिलेसम्म प्राप्त गर्न जारी राख्नेछन् भन्ने बारेमा भने केही पनि उल्लेख गरिएको छैन।

स्पष्टीकरण उद्देश्यका लागि, नोकिया कर्पोरेशन (मूल नोकिया) अझै पनि नेटवर्क पूर्वाधार व्यवसायमा एक प्रमुख खेलाडी भएको जनाइएको छ।

साथै यो कम्पनी एप्पलदेखि सामसङ सम्मका धेरै स्मार्टफोन निर्माताहरू र बीबीके समूहका सदस्यहरू विरुद्ध विगतका मुद्दाहरू सहित टेक संसारमा सबैभन्दा ठूलो प्याटेन्ट धारकहरू मध्ये एक भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया