नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त

Technology Khabar १५ आश्विन २०८१, मंगलवार

काठमाडौं ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त हुनु भएकी छिन्। २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) को अध्यक्षमा रीना डंगोललाई नियुक्त गरेको हो ।

२०८१ असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गरिन्।

शपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष डंगोलले खुशी व्यक्त गर्दै, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणका प्रयासहरूबाट आफू प्रेरित भएको बताए।

उक्त कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलको समेत उपस्थिति रहेको थियो।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्ने बताइएको छ।

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन्।

प्रकाशित: १५ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया