Technology Khabar १५ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
अनुमतिपत्र सेवा प्रदायकहरुलाई २०७९/८० को अडिटेड वित्तीय विवरण र सो विवरण अनुसार बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी बापतको रकम र २ प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम २०८१ असोज मसान्तभित्र बुझाउन विभिन्न सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।
प्राधिकरणले आज एक सूचना प्रकाशन गरी आ.व. २०७९/८० को अडिटेड वित्तीय विवरण र सो विवरण अनुसार बुझाउनुपर्ने रकम मिति २०८० पुस मसान्तभित्र बुझाउन यसअघि नै पत्राचार गरिएकोमा हालसम्म दाखिला नगरेकोले फेरि एक म्याद दिएर बुझाउन निर्देशन दिएको हो।
“यही २०८१ असोज मसान्तभित्र नियमानुसार लाग्ने थप दस्तुर सहित रोयल्टी बापतको रकम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको रकम प्राधिकरणको खातामा दाखिला गर्न अनुरोध गरिएको छ,” सूचनामा भनिएको छ।
यसबाहेक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र यस प्राधिकरणको खातामा दाखिला गरेको RTDF रकमको भौचर र अडिटेड वित्तीय विवरण सहित यस प्राधिकरणमा अनिवार्य रूपमा दर्ता गरी जानकारी गराउन समेत सूचना मार्फत अनुरोध गरिएको छ।
वित्तीय विवरण, आरटीडीएफ रकम तथा रोयल्टी नबुझाएको सेवा प्रदायकहरूको विवरण
| क्र.स. | कम्पनी | क्र.स. | कम्पनी |
| १ | बेनी कम्युनिकेशन्स प्रा. लि. | १० | जी. आर. एस. लिंक इन्टरनेट सर्भिस |
| २ | बिग मस्यांदी नेट प्रा. लि. | ११ | फास्ट स्पीड लिंक नेटवर्क प्रा.लि. |
| ३ | ब्रोडब्यान्ड सोलुशन्स प्रा. लि. | १२ | गण्डकी कम्युनिकेशन प्रा. लि. |
| ४ | सि. डाटा कम्युनिकेशन प्रा. लि. | १३ | गोरेटो कम्युनिकेशन प्रा. लि. |
| ५ | चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि. | १४ | हक नेट प्रा. लि. |
| ६ | डिभाइन स्ट्रिम नेटवर्क प्रा.लि. | १५ | आइ. जोन प्रा. लि. |
| ७ | डल्फिन नेट कम्युनिकेशन प्रा. लि. | १६ | कालिका नेट प्रा. लि. |
| ८ | ई-लिंक नेट प्रा. लि. | १७ | खप्तड नेट प्रा. लि. |
| ९ | एभरेस्ट लिंक प्रा. लि. | १८ | कृति दर्शन मिडिया प्रा. लि. |
| १९ | क्षिरेश्वर नेटवर्क प्रा. लि. | २० | लूप नेटवर्कस प्रा.लि. |
| २१ | मेटा लिंक प्रा.लि. | २२ | नेपाल वायरलेस |
| २३ | मेट्रोलिंक बिजनेस ग्रुप प्रा. लि. | २४ | नेपाल नेट सञ्चार |
| २५ | नेपालिंक कम्युनिकेशन प्रा. लि. | २६ | नेट म्याक्स टेक्नोलोजिज प्रा.लि. |
| २७ | पी. डी. एस. सर्भर नेटवर्क प्रा. लि. | २८ | पाल्स नेटवर्क प्रा.लि. |
| २९ | प्राइम नेटवर्क प्रा. लि. | ३० | यापिड युनिक नेटवर्क प्रा. लि. |
| ३१ | रेग्मी मिडिया इन्क. प्रा. लि. | ३२ | सारथी कम्युनिकेशन्स नेटवर्क प्रा. लि. |
| ३३ | शाङ्गिला इन्फर्मेटिक्स प्रा. लि. | ३४ | स्मार्टलिंक टेलिकम्युनिकेशन्स प्रा. लि. |
| ३५ | टेलनेट इन्टरनेट प्रा. लि. | ३६ | अल्ट्रानेट कम्युनिकेशन प्रा. लि. |
| ३७ | युनिफाइड कम्युनिकेशन प्रा. लि. | ३८ | युनाइट नेटवर्क्स प्रा. लि. |
| ३९ | युनाइटेड टेलिकम लिमिटेड | ४० | भर्चुअल नेटवर्क प्रा.लि. |
नियमानुसार आरटीडीएफ रकम तथा रोयल्टी नबुझाएको सेवा प्रदायकहरूको विवरण
| १ | एयरसन इन्टरनेट प्रा. लि. | ११ | एलिशा कम्युनिकेशन लिंक प्रा.लि. |
| २ | एरोनेट प्रा.लि. | १२ | कम्युनिकेशन्स एण्ड कम्युनिकेट नेपाल प्रा. लि. |
| ३ | फस्टलिंक कम्युनिकेशन्स प्रा. लि. | १३ | कनेक्ट नेपाल नेटवर्क्स प्रा.लि. |
| ४ | मर्कन्टाइल कम्युनिकेशन्स प्रा. लि. | १४ | पोखरा इन्टरनेट प्रा. लि. |
| ५ | सुबिसु केबलनेट लिमिटेड | १५ | वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेड |
| ६ | जिशान नेटवर्क प्रा.लि. | १६ | ब्रोड लिंक नेटवर्क एण्ड कम्युनिकेशन लिमिटेड |
| ७ | क्लासिक टेक प्रा. लि. | १७ | एभरेस्ट वायरलेस नेटवर्क प्रा.लि. |
| ८ | लाइफ नेट प्रा. लि. | १८ | नियो लिंक प्रा. लि. |
| ९ | स्विफ्ट नेटवर्क्स एण्ड कम्युनिकेशन प्रा. लि. | १९ | टेकमाइन्ड्स नेटवर्क प्रा. लि. |
| १० | भायानेट कम्युनिकेशन लि | २० | वाईफाई टेक नेपाल प्रा लि |
प्रकाशित: १५ आश्विन २०८१, मंगलवार