
काठमाडौं ।
पर्फमिङ्ग राइट अर्गनाइजेसन ‘एसईएसएसी’ सँग प्लेटफर्मको सम्झौताको म्याद सकिँदैछ।
यूट्युबसँग पर्फमिङ्ग राइट अर्गनाइजेसन ‘एसईएसएसी’ (सोसाइटी अफ युरोपियन स्टेज अथर्स एण्ड कम्पोजर्स) को सम्झौताको म्याद सकिने मिति नजिकिँदै गर्दा लोकप्रिय कलाकारहरूका गीतहरू यूट्युबबाट गायब हुन थालेका छन्।
भेराइटीले रिपोर्ट गरे अनुसार एडेल, ग्रीन डे, बब डिलन, आर.ई.एम., बर्ना बोय र अन्य कलाकारहरूका केही गीतहरू अमेरिकामा अवरुद्ध गरिएको उल्लेख छ। यद्यपि तिनीहरूको सम्पूर्ण क्याटलगहरू भने आवश्यक रूपमा प्रभावित नभएको जनाइएको छ।
निकालिएको भिडियोहरू जस्तै एडेलको “रोलिङ इन द डीप” मा अब “यो भिडियोमा एसईएसएसीको कन्टेन्ट समावेश छ। यो तपाईंको देशमा उपलब्ध छैन” भन्ने सन्देशको साथ एउटा कालो स्क्रिन देखा उने उल्लेख गरिएको छ।
इन्ग्याजेटसँगको एक बयानमा यूट्युब प्रवक्ताले प्लेटफर्मले सम्झौता नवीकरण गर्न एसईएसएसी सँग वार्ता गरिरहेको तर “हाम्रो सबै भन्दा राम्रो प्रयासहरुको बावजुद, हामी यसको म्याद सकिनु अघि एक समान सम्झौतामा पुग्न असमर्थ भयौं। हामी कपिराइट (प्रतिलिपि अधिकार) लाई धेरै गम्भीरताका साथ लिन्छौं र परिणाम स्वरूप, एसईएसएसी द्वारा प्रतिनिधित्व गरिएको कन्टेन्ट (सामग्री) अब अमेरिकामा यूट्युबमा उपलब्ध हुने छैन। हामी एसईएसएसीसँग सक्रिय कुराकानीमा छौं र सकेसम्म चाँडो नयाँ सम्झौतामा पुग्ने आशामा छौं” भनी बताएका छन्।
सम्झौता अझै पनि समाप्त नभएको र यो कथित रूपमा अर्को हप्ता समाप्त हुनेछ र यूट्युबको भागमा वार्ता एक रणनीति चाल हुन सक्ने एक स्रोतले बताएको जनाइएको छ। एसईएसएसीले भने यस बारे अहिलेसम्म कुनै विज्ञप्ति जारी नगरेको इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: १५ आश्विन २०८१, मंगलवार