प्रविधि र एप्लिकेशनप्रतिको परनिर्भरता: स्पोटीफाई केही समय नचल्दा हज्जारौं गुनासा

  • Technology Khabar | १५ आश्विन २०८१, मंगलवार
प्रविधि र एप्लिकेशनप्रतिको परनिर्भरता: स्पोटीफाई केही समय नचल्दा हज्जारौं गुनासा

काठमाडौं ।

आइतबार संगीत स्ट्रिमिङ सेवा स्पोटिफाइ अस्थायी रूपमा बन्द हुँदा हजारौं श्रोता संगीत र पोडकास्ट सुन्नबाट वञ्चित भए। लोकप्रिय एप्स र सेवाहरूमा समस्या रिपोर्ट गर्न सकिने downdetector.com मा ४० हजारभन्दा धेरै व्यक्तिहरूले स्पोटिफाइमा अवरोध भएको रिपोर्ट गरे।

स्पोटिफाइले आइतबार दिउँसो एक्स (ट्विटर) मा लेख्यो, “हामीलाई अहिले केही समस्याहरूको बारेमा थाहा छ, र हामी तिनलाई जाँच्दैछौँ!”

पोस्टको जवाफमा स्पोटिफाइ प्रयोगकर्ताहरूले यस अवरोधले उनीहरूको व्यायाम तालिका र बच्चाको जन्मदिन पार्टीमा प्लेलिस्ट बजाउने योजनालाई बाधा पुर्याएको गुनासो गरे। लगभग एक घण्टापछि, स्ट्रिमिङ सेवाले सबै कुरा धेरै राम्रो देखिएको जानकारी दियो। एपले सामान्य रूपमा काम गर्न थालेको देखियो।

सन् २०२३ मा सबैभन्दा ठूलो स्ट्रिमिङ सेवा मानिने स्पोटिफाइ करोडौं मानिसहरूले प्रयोग गर्छन्। यस प्लेटफर्ममा ६२६ मिलियनभन्दा धेरै प्रयोगकर्ताहरू छन् जसमा २४६ मिलियन सदस्यहरू छन्।

प्रकाशित: १५ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...