Technology Khabar १५ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
अमेजनको इको र गुगल नेस्टसँग प्रतिस्पर्धा गर्नको लागि एप्पलले स्मार्ट डिस्प्लेमा काम गरिरहेको हल्ला लामो समयदेखि चलिरहेको छ। यी डिभाइसहरूले अन्ततः सन् २०२५ मा डेब्यु गर्ने सम्भावना रहेको र डिभाइसहरू होमओएस भनिने ब्रान्ड नयाँ प्लेटफर्ममा रन हुने एउटा नयाँ लीकले सुझाव दिएको छ।
एप्पलले एउटा मात्र नभई दुई जोडी स्मार्ट डिस्प्लेहरूमा काम गरिरहेको ब्लूमबर्गका मार्क गर्मनले दावी गरेका छन्।
पहिलो मोडलमा ‘जे५९५’ कोड–नेम रहेको जनाइएको छ र यसको दुई प्रिमियम विकल्प हुने अपेक्षा गरिएको छ। गर्मनले पहिले रिपोर्ट गरे अनुसार यो मोडेल रोबोटिक आर्मको साथ आउने सम्भावना रहेको र राम्रो भ्यूइङ्गको लागि स्क्रिनलाई टिल्ट (झुकाउने) का साथै रोटेट (घुमाउन) सक्ने थप उल्लेख गरिएको छ।
त्यसैगरी दोस्रो डिभाइसको कोड–नेम ‘जे४९०’ रहेको उल्लेख गरिएको छ। यो मोडेल थप किफायती प्रस्ताव हुनुका साथै क्यालेन्डर, नोट्स र होम जस्ता रनिङ्ग एपहरूको लागि डिजाइन गरिएको जनाइएको छ।
यसले होम अप्लाइन्सेस नियन्त्रण गर्न र द्रुत रूपमा जानकारी हेर्नको लागि अनुकूलित इन्टरफेस पनि समावेश गर्ने थप उल्लेख गरिएको छ। एप्पलको यी स्मार्ट डिस्प्लेहरूको प्रोटोटाइपहरू चुम्बकीय रूपमा पर्खालहरूमा टास्न सकिने वा डेस्कहरूमा राख्न मिल्ने जनाइएको छ।
एप्पलको पहिलो स्मार्ट डिस्प्ले सन् २०२५ मा लन्च हुन सक्छ
अर्को वर्षको सुरुवातमा किफायती मोडेलको लन्च देखिने सम्भावना रहेको गर्मनले सुझाव दिएका छन्। यद्यपि भित्री जानकारहरुले भने ‘जे५९५’ को लागि कुनै विशेष रिलीज समय सीमा उल्लेख गर्दै नगरेको जनाइएको छ। साथै यस मोडेलको मूल्य एक हजार डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ।
यी दुवै डिस्प्लेहरू एप्पलको नयाँ होमओएसमा चल्ने अफवाह रहको छ र जुन एप्पल टिभी डिभाइसहरूलाई पावर (शक्ति) दिने टिभीओएसमा बनाइनेछ जनाइएको छ।
साथै यहाँ एप्पल इन्टेलिजेन्स फिचर्सको इन्टिग्रेसन प्रमुख भिन्नता जस्तो देखिएको थप उल्लेख गरिएको छ।
अन–डिभाइस एआई प्रोसेसिङ्गका लागि हार्डवेयर मसलको कमी रहेको हालको एप्पल टिभी र होमपडहरू विपरीत यी स्मार्ट डिस्प्लेहरूले ती सुविधाहरू केही वा सबै स्थानीय रूपमा चलाउन सक्षम हुन सक्ने थप उल्लेख गरिएको छ।
कार्यात्मक रूपमा यी एप्पल स्मार्ट डिस्प्लेहरू अमेजनको इको र गुगल नेस्टले अफर (प्रदान) गरेको जस्तै हुनेछन्। यो आफ्नै शैलीमा अवस्थित ट्र्याकसनको साथ बजारहरूमा प्रवेश गर्ने सामान्य एप्पल ढाँचा हुने जनाइएको छ।
साथै एप्पल इकोसिस्टममा रहेका प्रयोगकर्ताहरूले अवस्थित विकल्पहरू भन्दा यी आगामी स्मार्ट उपकरणहरूलाई प्राथमिकता दिने सम्भावना रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १५ आश्विन २०८१, मंगलवार