उष्णकटिबंधीय आँधीको कारणले नयाँ चालक दलसहितको मिसन प्रक्षेपण स्थगितः नासा

  • Technology Khabar | १२ आश्विन २०८१, शनिबार
उष्णकटिबंधीय आँधीको कारणले नयाँ चालक दलसहितको मिसन प्रक्षेपण स्थगितः नासा

काठमाडौं ।

नासा र स्पेसएक्सले उष्णकटिबंधीय आँधीको चिन्ताको कारणले नयाँ चालक दलसहितको मिसनको प्रक्षेपण शनिबारसम्मका लागि स्थगित गरेको नासाले जनाएको छ।

स्थगित हुनुभन्दा पहिले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च कम्प्लेक्स ४० बाट बिहीबार मिसन प्रक्षेपण गर्ने योजना गरिएको थियो ।

नासा र स्पेसएक्सले प्रक्षेपण क्षेत्रमा अपेक्षित उष्णकटिबन्धीय आँधीका कारण शनिबार पूर्वी समय दिउँसो १ः१७ भन्दा यता प्रक्षेपण नहुने जनाएका छन् ।

नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोस्मोस अन्तरिक्ष यात्री अलेक्सांद्र गोर्बुनोवले एजेन्सीको स्पेसएक्स क्रू–९ मिशनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रक्षेपण गर्नेछन्। यो उडान नासाको कमर्शियल क्रु प्रोग्राम अन्तर्गत स्टेशनमा स्पेसएक्स सँगको नौैं चालक दल रोटेशन मिसन हो। रासस/सिन्ह्वा

प्रकाशित: १२ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...