इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान

  • Technology Khabar | ११ आश्विन २०८१, शुक्रबार
इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान

काठमाडौं ।

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ।

उनीहरुलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गरेका हुन्।

योरपेस प्रशिक्षण कार्यक्रमका क्रममा आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ।

उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामुहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोनहरू पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेका थिए।

उनीहरूको मेहनत र धैर्यले उनीहरुलाई काठमाडौं म्याराथनको लागि तयार बनाएको छ जहाँ उनीहरूले प्रशिक्षाणको क्रममा हासिल गरेका कौशल र सहनशीलता प्रदर्शन गर्नेछन्।

विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखानीय संलग्नता जनाए बापत सम्मानित गरिएको हो। योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गरेको छ।

यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धिहरूलाई पहिचान गर्ने नभई अरुहरुलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गर्दछ।

इन्ड्राइभका एशिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन, “हाम्रा लगनशील ड्राइभरहरुको उपलब्धिलाई यसरी मनाउन पाउँदा हामीलाई खुशी लागेको छ। योरपेस पहलहरु मार्फत हामी मानिसहरुलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहन्छौँ। यो क्याम्पेनको सफलताले हामी कसरी एकै ठाउँँमा आएर एक अर्कालाई साथ दिएर अगाडि बढ्न सक्छौँ भनेर उदाहरण दिएको छ। यो यात्रालाई अझै निरन्तरता दिन हामी उत्साहित छौं।”

योरपेस प्रशिक्षणमा उत्साहजनक संलग्नता जनाएका एक जना चालकका छोराले ट्याब्लेट प्राप्त गर्न सफल भएका थिए जसले कार्यक्रमको रौनकलाई अझै बढाएको थियो ।

यो कार्यक्रमले आफ्नो ड्राइभर कम्युनिटी र उनीहरुको परिवारको निम्ती सहयोगी वातावरण निर्माण गर्ने इन्ड्राइभको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। सदैव मित्रता व्यवहार र सामुदायिक संलग्नताको प्रवर्धनमा अग्रसर रहने इन्ड्राइभको प्रतिबद्धता रहेको छ।

प्रकाशित: ११ आश्विन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...