आर्टिफिसियल इन्टेलिजेन्स बजार सन् २०२७ सम्म ९९० अर्ब डलरमा पुग्ने प्रक्षेपण

  • Technology Khabar | ११ आश्विन २०८१, शुक्रबार
आर्टिफिसियल इन्टेलिजेन्स बजार सन् २०२७ सम्म ९९० अर्ब डलरमा पुग्ने प्रक्षेपण
सांकेतिक तस्बिर। एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

पछिल्ला केही वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र गतिमा बढेको छ। एआई बजार आगामी वर्षहरूमा द्रुत रूपमा बढ्ने सम्भावना छ। कम्पनीहरू र सरकारहरूद्वारा प्रविधिको बढ्दो प्रयोग यसको पछाडि प्रमुख कारण हुनेछ। यो बजार सन् २०२७ सम्म लगभग ९९० अर्ब डलरमा पुग्ने अपेक्षा गरिएको छ।

कन्सल्टिङ फर्म बेन एण्ड कोले आफ्नो ग्लोबल टेक्नोलोजी रिपोर्टमा एआईसँग सम्बन्धित सेवा र हार्डवेयरको बजार वार्षिक ४० प्रतिशतबाट ५५ प्रतिशतले वृद्धि भईरहको उल्लेख गरेको छ। यहिरुपमा बढेमा यो गत वर्षको १८५ अर्ब डलरबाट सन् २०२७ सम्ममा ७८० अर्ब डलरदेखि ९९० अर्ब डलरसम्म पुग्न सक्ने बताएको छ।

यस प्रतिवेदनमा भनिएअनुसार, यस क्षेत्रको माग यति छिटो बढिरहेको छ कि चिप्स सहित कम्पोनेन्टको आपूर्ति श्रृंखलामा दबाब पर्नेछ। एकीकृत सर्किट डिजाइन र सम्बन्धित आईपीको माग सन् २०२६ सम्म ३० प्रतिशतले बढ्न सक्छ। यस प्रतिवेदनका अनुसार ठूला डाटा सेन्टरहरूको लागत यस वर्ष करिब १ अर्ब डलरदेखि ४ अर्ब डलरसम्म बढेर पाँच वर्षमा १० अर्बदेखि २५ अर्ब डलरसम्म पुग्न सक्छ।

यस खण्डमा, कम्पनीहरू प्रयोगको चरणबाट बाहिर आएका छन् र उनीहरूको काममा जेनेरेटिभ एआईको प्रयोग बढाइरहेका छन्। भारत, जापान, फ्रान्स र संयुक्त अरब इमिरेट्सका सरकारहरूले सार्वभौम एआईलाई अनुदान दिन अर्बौं डलर खर्च गरिरहेका छन्। यससँगै यी सरकारहरूले कम्प्युटिङ इन्फ्रास्ट्रक्चर र एआई मोडलहरूमा पनि लगानी बढाइरहेका छन्।

प्रकाशित: ११ आश्विन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...