त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास ड्रोनलगायतका सामग्री उडाउन नपाइने

  • Technology Khabar | १० आश्विन २०८१, बिहीबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास ड्रोनलगायतका सामग्री उडाउन नपाइने

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चड्डा, ड्रोन, वेलुनलगायतका सामग्री उडाउन नपाइने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एउटा सूचना जारी गरेर ड्रोनलगनयतका माथि उल्लिखित वस्तुहरु उडाउँदा र लेजर लाइट प्रयोग गर्दा विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरेको हो।

‘साथै कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ।

प्रकाशित: १० आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १० आश्विन २०८१, बिहीबार