Technology Khabar १० आश्विन २०८१, बिहीबार
काठमाडौं ।
कोल्याबोरेशन सफ्टवेयर निर्माता स्मार्टशीटले मंगलबार ब्ल्याकस्टोन र भिस्टा इक्विटी पार्टनर्सले यसलाई ८.४ अर्ब डलरमा खरिद गर्ने घोषणा गरेको छ। यो साझेदारी सबै नगदमै हुने जनाइएको छ।
यसो भएपछि सेयरधनीहरूले प्रति सेयर ५६.५ डलर प्राप्त गर्नेछन् जुन स्मार्टशीटको पछिल्लो तीन महिनाको औसत बन्द मूल्यमा ४१% प्रिमियम हो।
समाचार संस्था सीएनबीसीले उल्लेख गरे अनुसार कम्पनीले केही महिनादेखि सम्भावित खरिदकर्ताहरूको रुचि मापन गर्दै आएको थियो। स्मार्टशीट सन् २०१८ मा सार्वजनिक भएको थियो र एट्लास्सियनजस्ता अन्य सफ्टवेयर कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न चाहन्थ्यो।
“भविष्यतिर हेर्दै, हामी विश्वस्त छौँ कि ब्ल्याकस्टोन र भिस्टाको विशेषज्ञता र स्रोतहरूले स्मार्टशीटलाई उत्कृष्ट कार्यस्थलको रूपमा कायम राख्न मद्दत गर्नेछ, जहाँ हाम्रा कर्मचारीहरू फस्टाउँछन्,” सीईओ मार्क म्याडरले विज्ञप्तिमा भने। यो समाचारपछि स्मार्टशीटको सेयर ६% ले बढेको छ।
यो सम्झौतामा ४५ दिनको go-shop अवधि राखिएको छ, जसले स्मार्टशीटलाई अन्य बोलपत्रदाताहरूको प्रस्ताव लिन अनुमति दिन्छ। अर्को प्रस्ताव नभएमा, सम्झौता जनवरी २०२५ सम्ममा सेयरधारकहरूको स्वीकृतिमा बन्द हुने अपेक्षा गरिएको छ।
क्याटालिस्टले स्मार्टशीटलाई तथा गोल्डम्यान स्याक्स र मोर्गन स्ट्यान्लीले निजी इक्विटी खरिदकर्ताहरूलाई सल्लाह दिएका समाचारमा उल्लेख छ।
प्रकाशित: १० आश्विन २०८१, बिहीबार