एक महिनामा ६ अर्ब ७० करोडमाथिको स्मार्टफोन आयात

Technology Khabar १० आश्विन २०८१, बिहीबार

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको देखिएको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको भदौ महिनाको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात बढेको देखिएको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म ६ अर्ब ७९ करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको ४ लाख ५४ हजार ९५८ थान स्मार्टफोन आयात भएको हो।

गत आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्म ५ अर्ब ३६ करोड  ५२ लाख ११ हजार रुपैयाँ बराबरको ३ लाख ६६ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो।

गत अवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टफोनको आयात १ अर्ब ३४ करोड २९ लाख ४७ हजार रुपैयाँले बढेको छ।

सङ्ख्याका आधारमा हेर्दा गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ८८ हजार ४७७ थानले बढेको छ।

चालु आवमा सरकारले स्मार्टफोनको आयातबाट १ अर्ब ५ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ३७ मुलुकबाट स्मार्टफोन आएको गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट ४ अर्ब ६ करोड ७२ लाख ७४ हजार रुपैयाँ बराबरको ३ लाख १८ हजार ९०३ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट २ अर्ब ५५ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको १ लाख ३५ हजार ७६ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

बाँकी ३५ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको छ।

तालिका यस प्रकार छ:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
अस्ट्रेलिया३३३१७१
क्यानडा१५१०५०
चीन३१८९०३४०६७२७४
हङ कङ३४१३५८
भारत१३५०७६२५५३५९९
जापान२३७१८४६५
दक्षिण कोरिया८३४४८८
कुवेत३९६४७
मलेसिया१२७२५
१०कतार५३६५९५
११यूएई१८३२२५८५
१२बेलायत२७२६३९
१३अमेरिका१७०१७९९५
१४भियतनाम२३७४३

यसबाहेका बंगलादेश, बेल्जियम डेनमार्क, फिनल्याण्ड,  जर्मनी, इजरायल, जोर्डन, केन्या, कोसोभो, लक्जेम्बर्ग, माल्दिभ्स, नेदरल्याण्ड्स, ओमान, पोल्याण्ड, पोर्चुगल, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्विजरल्याण्ड, थाइल्याण्ड, टर्क्स एण्ड काइकस आइल्याण्ड, उज्बेकिस्तान र युक्रेनजस्ता देशबाट १ देखि बढीमा ९ थानसम्म स्मार्टफोन आयात भएको पाइएको छ।

प्रकाशित: १० आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया