आईफोन १६ लाईनअपको ब्याट्री हटाउने प्रक्रियामा सहजता

Technology Khabar ९ आश्विन २०८१, बुधबार

काठमाडौं ।

एप्पलले आईफोन १६ लाईनअपको साथ कम्पनीले मर्मतका हिसाबले केही प्रमुख सुधारहरू गरेको छ। यी प्रमुख सुधारहरूमा बेस आईफोन १६ को नयाँ ब्याट्री रिमुभलको प्रक्रिया सबैभन्दा उल्लेखनीय रहेको जनाइएको छ।

इनग्याजेटका अनुसार सामान्य पुल ट्याबहरू हटाउनको लागि एप्पलले एउटा टाँस्ने पदार्थको प्रयोग गरेको छ जुन लो इलेक्ट्रिकल करेन्ट (कम विद्युतीय प्रवाह) को प्रतिक्रियामा डिबन्ड हुने अर्थात् छुट्टिने जनाइएको छ।

एप्पलको मर्मत गाइड अनुसार यो अनस्टक हुनको लागि डेढ मिनेट मात्र लाग्ने थप उल्लेख गरिएको छ। आईफिक्सिटले गरेको टियरडाउनमा देखिएको यो कामको प्रक्रिया पहिलेभन्दा निकै सजिलो देखिन्छ।

“ब्याट्री हटाउने प्रक्रिया यति सफा र सहज रूपमा अघि बढेको अहिलेसम्म मलाई थाहा थिएन”, आईफिक्सिटका प्राविधिक शाहराम मोख्तारीले बताएका छन्।

केवल आईफोन १६ र आईफोन १६ प्लसमा मात्र नयाँ एडिसिभ अर्थात् यस प्रकारको टाँस्ने पदार्थ रहेको र तिनीहरूले आईफिक्सिटको मर्मत योग्यता स्केलमा १० मा ७ अंक प्राप्त गरेको जनाइएको छ।

“एप्पलले पक्कै पनि मर्मत योग्यतामा स्तरोन्नति गरेको देखिन्छ” मोख्तारीले नयाँ ब्याट्री हटाउने प्रक्रियालाई धन्यवाद दिँदै यस वर्षको बेस (आधारभूत) आईफोनहरूसँग “अर्को मर्मत योग्यता जीत” थपेको बताएका छन्।

आईफिक्सिट टियरडाउनले गरेको आईफोन १६ को ब्याट्री रिमुभ गर्ने प्रक्रियाको भिडियो हेर्नुहोस्ः

प्रकाशित: ९ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया