भोडाफोन आइडियाको विरुद्धमा भारतीय सु्प्रीम कोर्टको निर्णय, बोलायो लगानीकर्ताको बैठक

  • Technology Khabar | ६ आश्विन २०८१, आईतवार
भोडाफोन आइडियाको विरुद्धमा भारतीय सु्प्रीम कोर्टको निर्णय, बोलायो लगानीकर्ताको बैठक

काठमाडौं ।

भारतीय निजी टेल्को भोडाफोन आइडियालाई एजिआर मामिलामा भारतको सर्वोच्च अदालतको निर्णयले झट्का लागेको छ। यसका साथमा भोडाफोन आइडियाले सोमबार, सेप्टेम्बर २३ मा लगानीकर्ता र विश्लेषकहरूका साथ आपतकालीन बैठक बोलाएको छ।

अदालतको यो निर्णय पछि, बिहीबार, सेप्टेम्बर १९ को सर्वोच्च अदालतको निर्णय पछि भोडाफोन आइडियाको शेयर मूल्यमा २० प्रतिशतको गिरावट देखियो।

स्टक एक्सचेन्जमा दायर गरिएको नियामक फाइलिङमा, देशको तेस्रो ठूलो टेलिकम कम्पनी भोडाफोन आइडियाले हालैका घटनाक्रमहरूको अद्यावधिक दिन लगानीकर्ता र विश्लेषकहरूसँग बैठक बोलाइएको बताएको छ। यस सम्मेलनमा कम्पनीका वरिष्ठ व्यवस्थापनको उपस्थिति रहने र पछिल्ला घटनाका बारेमा आफ्नो धारणा राख्ने कम्पनीले जनाएको छ। बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अक्षय मुन्द्रा र अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहनेछ।

भारतीय सर्वोच्च अदालतले दूरसञ्चार कम्पनीको एजीआर बक्यौतासम्बन्धी अदालतको पुरानो आदेशलाई पुनरावलोकन गर्न माग गर्दै गरेको क्युरेटिभ निवेदन खारेज गरिदिएको छ। भोडाफोन आइडिया र भारती एयरटेलले यो याचिका दायर गरेका थिए जसमा एजीआर बक्यौताको गणनाको विधिमा प्रश्न उठाइएको थियो।

सर्वोच्च अदालतको यो निर्णयपछि भोडाफोन आइडियाको शेयर २० प्रतिशतले घटेको हो। शुक्रबार पनि करिब ५ दशमलव ६८ प्रतिशतले घटेर सेयर १० भारतीय रुपैयाँभन्दा तल झरेको थियो । तर, तल्लो तहबाट रिकभर भएपछि शेयर ०.८७ प्रतिशतले बढेर १०.४७ भारुमा बन्द भयो।

आर्थिक वर्ष २०२३/२४ को अन्त्यसम्म भोडाफोन आइडियासँग ७०,३२० करोड भारतीय रुपैयाँ बक्यौता एजीआर रकम थियो। कम्पनीले आफ्नो निवेदनमा अदालतमा आर्थिक संकटको सामना गरिरहेको र कम्पनीको अस्तित्वमा नै प्रश्न चिन्ह खडा भएको बताएको छ।

प्रकाशित: ६ आश्विन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...