Technology Khabar ६ आश्विन २०८१, आईतवार
काठमाडौं ।
अनलाइन प्लेटफर्म ठूलो डटकमले दशैंको अवसरमा, नेपालभरिका व्यवसायहरूका लागि वर्षकै सबैभन्दा ठूलो बिक्री सिजनको तयारी गर्दैछ।
बिक्रेताहरू र सेवा प्रदायकहरूलाई यो पर्वको समयको फाइदा उठाएर धेरै ग्राहकसम्म पुर्याउन मद्दत गर्न, ठुलो डटकमले पुनः छैठौं वार्षिक अनलाइन प्रदर्शनी र बिक्री कार्यक्रम ‘ठुलो दशैं महोत्सव’ यहि २९ सेप्टेम्बरदेखि ९ अक्टोबर २०२४ सम्म आयोजना गर्ने भएको छ।
कम्पनीकाअनुसार, यो भर्चुअल कार्यक्रमले व्यवसायहरूलाई उत्पादनहरू, सेवाहरू, र विशेष अफरहरू हजारौं ग्राहकहरू समक्ष प्रस्तुत गर्ने एक सशक्त मञ्च उपलब्ध गराउँछ, जहाँ ग्राहकहरूले दशैंको बेला उत्सुकतासाथ किनमेल गर्दैछन्।
‘ठुलो दशैं महोत्सव’मा सहभागी भएर बिक्रेताहरू, उद्यमीहरू, र सेवा प्रदायकहरूले आफ्नो व्यापारलाई विस्तारित गर्न अभूतपूर्व अवसर प्राप्त गर्न सक्ने बताईएको छ।
विक्रेताहरू, उद्यमीहरू र सेवा प्रदायकहरूले आफ्नो अनलाइन स्टल/पसल/वेबसाइट बाट आफ्ना उत्पादनहरू र सेवाहरू प्रस्तुत गर्न: दशैंका ग्राहकहरूलाई आकर्षक तरिकाले आफ्नो उत्पादनहरू देखाउन सक्नेछन्।
कम्पनीले ग्राहकहरूसँग प्रत्यक्ष च्याट गर्न सुबिधा दिनेछ भने बिक्रीमा कुनै कमीशन नलिने जनाएको छ।
यसमा, ब्रान्डहरू, सोरूमहरू, र खुद्रा विक्रेताहरू, निर्माताहरू र उत्पादकहरूका साथै इन्स्टक उत्पादनहरू भएका विक्रेताहरू सहभागी हुनसक्ने बताईएको छ।
प्रकाशित: ६ आश्विन २०८१, आईतवार