Technology Khabar ५ आश्विन २०८१, शनिबार
काठमाडौं ।
एप्पलले आईफोन–१६ को लागी एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ। यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ।
यो सुविधा, पहिले नै ‘एप्पल वाच’ र ‘एप्पल टीभी’को लागि उपलब्ध थियो। साथै, यसले आईओएस यन्त्र प्रयोग गरेर रिकभरी प्रक्रियालाई सरल बनाउँछ। आईओएस एप्पलद्वारा विशेष रूपमा स्मार्टफोनहरूको लागि विकसित गरिएको मोबाइल अपरेटिङ सिस्टम हो। यो जनवरी सन् २००७ मा पहिलो पुस्ताको आईफोनको लागि अनावरण गरिएको थियो।
‘नाइन टु फाइभ म्याक’ को खोजअनुसार, वायरलेस रिकभरी प्रक्रियाले आईफोन १६ मोडेलहरूमा आईओएस प्रणाली गैर–कार्यात्मक हुँदा पनि पुनर्स्थापना सुरु गर्न सम्भव बनाउँछ। रासस/क्यूएनए
प्रकाशित: ५ आश्विन २०८१, शनिबार