एप्पलले २०२५ मा २एनएम चिप सार्वजनिक गर्ने, आईफोन १७ प्रो सिरिजमा मात्र समावेश गरिने

Technology Khabar ३ आश्विन २०८१, बिहीबार

काठमाडौं ।

एप्पलले अर्को वर्ष आईफोन १७ लाइनअपको साथ २एनएम चिपहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। हालैको रिपोर्टहरूले उक्त चिपहरू टीएसएमसीले निर्माण गर्ने सम्भावनाको खुलासा गरेको भए तापनि ताइवानी चिप निर्माताले भने उत्पादनमा समस्या झेलिरहेको उल्लेख गरिएको छ।

क्युपर्टिनोले टीएसएमसीको सबै २एनएम क्षमता आरक्षित गरेको जनाइएको छ। यद्यपि नयाँ प्रोसेस टेक्नोलोजीको कम उत्पादनको कारणले गर्दा एसओसी (चिप) लाई आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्समा मात्र समावेश गरिने थप उल्लेख गरिएको छ।

ताइवानका रिपोर्टहरूका अनुसार चिप कम्पनीले नयाँ प्रोडक्ट (उत्पादन) को डेमो पनि प्रस्तुत गरेको भए तापनि स्मार्टफोनहरूमा स्थापनाको लागि तयार चिप प्याकेज गर्न अझै पनि अन्य आपूर्तिकर्ताहरूको मद्दत चाहिने थप उल्लेख गरिएको छ।

साझेदारहरूले सामग्री, उपकरण, सिलिकन इन्टेलिजेन्स (आईपी) र इलेक्ट्रोनिक्स डिजाइन अटोमेसन (ईडीए) आपूर्ति गर्न पर्ने आवश्यकताको उल्लेख गरिएको छ जुन बिस्तारै “समूह लडाई” प्रतिस्पर्धाको स्थितिमा विकसित भएको चोउ समाचार एजेन्सीले उल्लेख गरेको जनाइएको छ।

२एनएम लाइन बाओसान प्लान्टमा पहिले नै इन्स्टल गरिएको र सन् २०२४ को तेस्रो त्रैमासमा परीक्षण उत्पादन सुरु हुने जनाइएको छ जुन निर्धारित समयभन्दा तीन महिना अगाडि हुने उल्लेख गरिएको छ।

टीएसएमसीले एप्पल र एनभिडियालाई एन२ प्रोसेस प्रदान गर्ने अपेक्षा गरिएको छ जसले कम्पनीलाई चिपमेकिङ बजारमा सामसङ र इन्टेलभन्दा अगाडि रहन मद्दत गर्ने जीएसएमएरिनामा उल्लेखअ गरिएको छ।

प्रकाशित: ३ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया