Technology Khabar १ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
ह्वावे वाच जीटी ५ को खुलासा सेप्टेम्बर १९ मा हुने तयारीमा छ तर हालैको एक लीकले यस घडीको डिजाइन र केही सामान्य स्पेसिफिकेसनहरू देखाएको छ।
जीएसएमएरिनाले उल्लेख गरेको रिपोर्ट अनुसार ४१ मिमि र ४६ मिमि दुवै साइजमा आउने यो घडीको डिजाइन यसको अघिल्लो संस्करणहरू जस्तै देखिन्छ।
दुवै भेरियन्टमा मेटलको बेजल, स्टेनलेस स्टिलको बडी, र ५एटीएम पानी प्रतिरोध क्षमता रहेको छ। घुम्ने क्राउन र यसको छेउमा रहेको प्रोग्रामेबल बटन पनि उस्तै रहने बताइएको छ।
हार्डवेयरमा धेरै परिवर्तन भएको छैन। ४१ मिमि भेरियन्टमा १.३२ इन्च ओएलईडी डिस्प्ले हुनेछ भने ४६ मिमि संस्करणमा १.४३ इन्चको डिस्प्ले हुनेछ। ह्वावेले ७ देखि १४ दिनको ब्याट्री लाइफको वाचा गरेको छ जसले ब्याट्री अपग्रेड भएको संकेत भने गर्दैन।
यस वर्षको वाच जीटी ५ लाइनअपमा मुख्य सुधार ह्वावेको ट्रुसेन्स प्रणालीमा देखिन्छ जसले स्वास्थ्य र फिटनेस ट्र्याकिङका लागि नयाँ सुविधाहरू र उन्नत ट्र्याकिङ सिस्टम समावेश गर्दछ। यो प्रणाली अगस्टको अन्त्यतिर बाहिर ल्याइएको थियो।
अब यो वाचको मूल्य र उपलब्धता मात्र बाँकी छ त्यसैले ह्वावे वाच जीटी ५ को इभेन्टको लागि आगामी हप्तासम्म कुर्नुपर्ने देखिएको छ।
प्रकाशित: १ आश्विन २०८१, मंगलवार