Technology Khabar ३१ भाद्र २०८१, सोमबार
काठमाडौं ।
नेपाल टेलिकमले आफ्ना सेवाहरु प्रयोग गरेवापत् प्रयोग गरेबापत कम्पनीलाई भुक्तानी गर्न बाँकी बक्यौता समयमै भुक्तानी गरेमा विशेष छुट दिने भएको छ।
हालै कम्पनीले एक सूचना जारी गरी आफ्ना पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडीएसएल, एफटीटीएच तथा लिजलाइन जस्ता सेवाहरु प्रयोग गरेवापतको बक्यौता समयमै तिर्न आग्रह गर्दै यसो गरेमा विशेष छुट दिने बताएको हो।
टेलिकमले पुरानो बक्यौता भुक्तानी गर्ने ग्राहकरूलाई निम्नानुसार जरिवाना छुट प्रदान गर्ने जनाएको छ र यसका लागि नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न पनि अनुरोध गरेको छ।
आर्थिक वर्ष ०७८/७९ सम्मको बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा त्यसमा लाग्ने सम्पूर्ण जरिवाना छुट हुनेछ। यसैगरी आर्थिक वर्ष ०७९/८० को बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट हुनेछ।
पुरानो बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखेर कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने भन्दै समयमै महसुल भुक्तानी गर्न सम्बन्धित ग्राइकलाई कम्पनीले सचेत पनि गराएको छ।
प्रकाशित: ३१ भाद्र २०८१, सोमबार