‘स्मार्ट दाइ’ एपबाटै अब घरायसी र कर्पोरेट स्तरको मर्मत सम्भारलगायतका सेवा उपलब्ध हुने

  • Technology Khabar | ३० भाद्र २०८१, आईतवार
‘स्मार्ट दाइ’ एपबाटै अब घरायसी र कर्पोरेट स्तरको मर्मत सम्भारलगायतका सेवा उपलब्ध हुने

काठमाडौं ।

सूचना प्रविधि कम्पनीको रुपमा २०५० सालमा स्थापित स्मार्ट दाई लिमिटेडको स्थापनाको छोटो समयमै ‘स्मार्ट दाइ’ नामक एप्लिकेसन विकास गरेको छ।

काठमाडौंको टोखामा प्रधान कार्यालय रहेको यो कम्पनीको स्मार्ट दाई एप्लिकेसनको माध्यमबाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ कम्प्युटर, टिभि, वासिङ मेसिन, फिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत सम्भारका लागि प्राविधिक बोलाउन सकिन्छ।

यसबाहेक प्लम्बिङ सेवा, सेफ्टीट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफि, भिडियोग्राफि सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसि तथा कर्पोरेट सेवाहरु सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा जोड्ने सम्बन्धसेतुको काम गर्ने दावी गरेको कम्पनीले उक्त एप्लिकेसन प्लेस्टोर तथा एपस्टोरवाट सजिलै डाउनलोड गरी एन्ड्रोइड तथा आइओएस दुवैमा चलाउन सकिने जानकारी दिएकव छ।

यसबाहेक www.smartdai.com वेबसाइट खोलेर डेक्सटपबाटै पनि यो सेवा प्राप्त गर्न सकिन्छ। यो एप्लिकेसनको प्रयोगवाट विशेष गरी शहरीक्षेत्रमा यस्ता घरायसी र कर्पोरेट सेवा प्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवा प्रदायक नपाउने समस्या समाधान गरी सेवाप्रवाहलाई छिटो छरितो बनाउने कम्पनीको उद्देश्य रहेको छ।

कम्पनीले यही भदौ २९ गते पानस ब्याक्वेट्स, बसुन्धरामा शेयर लगानीकर्ताहरुको भेलाबीच यो एप्लिकेसनको शुरुवात गरेको हो। यो स्मार्टदाई एपलाई निरन्तर रुपमा परिमार्जन गरी प्रयोगकर्ता मैत्री र विश्वसनीय बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ।

प्रकाशित: ३० भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...