अमेरिकाद्वारा चिनियाँ इभीमा तीव्र शुल्क वृद्धिलाई अन्तिम रूप प्रदान

  • Technology Khabar | २९ भाद्र २०८१, शनिबार
अमेरिकाद्वारा चिनियाँ इभीमा तीव्र शुल्क वृद्धिलाई अन्तिम रूप प्रदान

काठमाडौं ।

अमेरिकाले शुक्रबार चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ  यसमा विद्युतीय सवारी (इभी) मा शतप्रतिशत शुल्क र इभी ब्याट्रीमा २५ प्रतिशत शुल्क दुई सातापछि लागु हुनेछ।

ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै मे महिनामा भारी शुल्क वृद्धिको घोषणा गरेको थियो ।

अमेरिकाले उक्त कदमको बेइजिङबाट कठोर प्रतिक्रिया प्राप्त गरेको थियो।

शुल्क वृद्धिको घोषणा अमेरिकामा नोभेम्बरको राष्ट्रपति निर्वाचनअघि आएको छ। दुवै मुलुकबीच प्रतिस्पर्धा तीव्र भएको बेला डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीले चीनप्रति कडा अडान देखाउन खोजिरहेका छन्।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा भनिन, “आजको अन्तिम शुल्क वृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको जनवादी गणतन्त्र चीनको हानिकारक नीति र अभ्यासलाई लक्षित गर्नेछ।”

यस वर्षदेखि सुरु हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागु हुनेगरी सेमीकन्डक्टरमा पहिलाभन्दा तीव्र वृद्धि अर्थात ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ।

यी कार्यहरू तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा लगाइएको शुल्कको समीक्षापछि लिइएको हो। ट्रम्प प्रशासनले चीनबाट करिब तीन खर्ब डलरको सामानमा शुल्क लगाएको थियो। रासस/एएफपी

प्रकाशित: २९ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...