
काठमाडौं ।
टेक जायन्ट नोकियाले नयाँ सीईओ खोज्न थालेको रिपोर्ट आएको छ।
नोकियाले पेक्का लुन्डमार्कलाई प्रतिस्थापन गर्न नयाँ सीईओको खोजी सुरु गरेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको हो।
यस विषयमा परिचित व्यक्तिहरूलाई उदृत गर्दै एफटीले कम्तिमा एक ‘हेडहन्टर’ भाडामा लिइएको र विभिन्न उम्मेद्वारहरू सम्पर्क गरिएको लेखेको छ।
यद्यपि कम्पनीले उनलाई प्रतिस्थापन गर्न कुनै प्रक्रिया चलिरहेको अस्वीकार गर्यो र लन्डमार्कलाई बोर्डको पूर्ण समर्थन रहेको बताएको छ।
प्रकाशित: २९ भाद्र २०८१, शनिबार