क्रिप्टो कारोवारमा संलग्न भएको आरोपमा दुई युवा पक्राउ

Technology Khabar २८ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

क्रिप्टो कारोवारमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई युवालाई पक्राउ गरेको छ।

क्रिप्टो कारोवार सम्बन्धी विभिन्न माध्यमद्धारा प्राप्त सूचना माथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणको आधारमा प्रहरीले अभौतिक मुद्दा (क्रिप्टो) को कारोवार गर्ने स्टारबोई डट सलुसन्स (starboy.solutions) का संचालकहरुलाई भदौ २६ गते पक्राउ गरेको हो।

उनीहरुको साथबाट मोबाइल तथा ल्यापटप लगायतका सामाग्रीहरु समेत बरामद गरेको छ।

ब्यूरोबाट खटिएका प्रहरी टोलीले पूर्वी नवलपरासी गैडाकोट न.पा. ४ का प्रज्ञान रिमाललाई ठमेलबाट र बाग्लुङ न.पा.४ का आयुष शर्मालाई मनमैजुबाट पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीले जानकारी दिए।

निजहरु उपर अभौतिक मुद्दाको प्रयोग गर्न नहुने कसूर अन्तर्गतको मुद्दामा बिहिबार २७ गते काठमाण्डौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया