वाईफाई रिचार्ज गर्ने विवादमा श्रीमतीको हत्या

  • Technology Khabar | २८ भाद्र २०८१, शुक्रबार
वाईफाई रिचार्ज गर्ने विवादमा श्रीमतीको हत्या
सांकेतिक तस्विर

काठमाडौं ।

वाईफाई रिचार्ज गर्ने विषयमा श्रीमती–श्रीमानबीच भएको विवादमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

बाराको निजगढ नगरपालिका–९ बस्ने ४५ वर्षीय विमलकुमार बस्नेतले तीन/चार दिनदेखि ४० वर्षीय श्रीमती लक्ष्मी राईसँग पटक पटक वाईफाईको रिचार्ज गर्न किचकिच भइरहेकाले मङ्गलबार राति करिब पौने ८ बजे खुर्पा प्रहार गरी घाँटी, दुवै हातखुट्टा र शरीरका विभिन्न भागमा काटेर गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते लक्ष्मीको मङ्गलबार राति सवा ८ बजे सामुदायिक प्रसूति अस्पताल निजगढमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

श्रीमतीलाई खुर्पा प्रहार गर्न लाग्दा बचाउने क्रममा दुई छोरीमध्ये १८ वर्षीय गङ्गा राईको हातमा पनि खुर्पा प्रहार हुँदा अवस्था गम्भीर नै रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

यसै गरी उनकी अर्की छोरी १५ वर्षीय जमुना राई पनि झगडा छुट्याउने क्रममा सामान्य घाइते भएकी छिन्।

जेठी छोरी गङ्गाको अहिले मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको तथा मृतक लक्ष्मीको शव परीक्षण गर्न प्रादेशिक अस्पताल कलैया ल्याइएको र विमल प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार