
काठमाडौं ।
संसारको सबैभन्दा ठूलो स्मार्टफोन, टिभी र मेमोरी चिप्स निर्माता ले केही विभागहरूमा आफ्नो विदेशस्थित कर्मचारीलाई ३० प्रतिशतसम्म कटौती गर्ने योजना बनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा उल्लेख भए अनुसार दक्षिण कोरियामा मुख्यालय रहेको सामसङले विश्वभरका सहायक कम्पनीहरूलाई बिक्री र मार्केटिङ कर्मचारीहरू करिब १५ % र प्रशासनिक कर्मचारीहरू ३०% सम्म कटौती गर्न निर्देशन दिएको छ।
यो योजना यसै वर्षको अन्त्यसम्म लागू गरिने र यसले अमेरिका, युरोप, एशिया र अफ्रिकाभरका कर्मचारीहरूलाई असर पार्न सक्ने बताइएको छ। यो योजनाबारे जानकार अन्य ६ जनाले पनि सामसङको विश्वव्यापी कर्मचारी संख्यामा कटौतीको पुष्टि गरेका छन्।
यद्यपि कति जनालाई हटाइनेछ र कुन देशहरू र व्यापार इकाइहरूमा बढी असर पर्छ भन्ने कुरा अझै स्पष्ट छैन। कर्मचारी कटौतीको दायरा र विवरण गोप्य राखिएका कारण स्रोतहरूले आफ्नो नाम उल्लेख गर्न अस्वीकार गरेको रोयटर्सले उल्लेद गरेको छ।
सामसङले आफ्नो बयानमा केही विदेशी अपरेसनहरूमा गरिएका कर्मचारी समायोजनहरू नियमित प्रक्रिया भएका र दक्षता सुधार गर्न लक्षित रहेका बताएको छ।
कम्पनीका अनुसार यी योजनाहरूका लागि कुनै विशेष लक्ष्य छैन र यसले उत्पादन कर्मचारीलाई प्रभावित गरिरहेको छैन। सामसङले सन् २०२३ को अन्त्यसम्म कुल २ लाख ६७ हजार ८ सय जनालाई रोजगारी दिएको थियो। यसको पछिल्लो स्थिरता प्रतिवेदन अनुसार तीमध्ये आधाभन्दा बढी अर्थात् १ लाख १ लाख ४७ हजार कर्मचारीहरू विदेशमा आधारित छन्।
अधिकांश कर्मचारीहरु निर्माण र विकासको क्षेत्रमा काम गर्दथे भने बिक्री र मार्केटिङका कर्मचारी करिब २५ हजार १ सय हाराहारी तथा अन्य क्षेत्रका २७ हजा। ८ सय कर्मचारी रहेका प्रतिवेदनमा उल्लेख छ।
रोयटर्सले उल्लेख गरे अनुसार यस प्रकारको “विश्वव्यापी निर्देशन” करिब तीन हप्ता अघि पठाइएको थियो भने सामसङको भारत अपरेसनले पहिले नै केही मध्य-स्तरका कर्मचारीहरूलाई हालैका हप्ताहरूमा अलग हुनेहरूलाई प्याकेजहरू प्रस्ताव गरिरहेको एक प्रत्यक्ष स्रोतले बताएका थिए।
भारतको एकाइमा छोड्नुपर्ने कुल कर्मचारीहरूको संख्या १ हजारसम्म पुग्न सक्ने बुझिएको छ। सामसङले भारतमा लगभग २५ हजार जनालाई रोजगारी दिएको छ।
चीनमा सामसङ ले आफ्नो कर्मचारीहरूलाई जागिर कटौतीबारे सूचित गरेको छ जसले आफ्नो बिक्री अपरेसनका करिब ३०% कर्मचारीलाई असर पार्ने अपेक्षा गरिएको एक दक्षिण कोरियाली अखबारले यसै महिना रिपोर्ट गरेको थियो।
प्रकाशित: २७ भाद्र २०८१, बिहीबार