वनप्लस १३ अक्टोबरमा आउने पक्का

  • Technology Khabar | २५ भाद्र २०८१, मंगलवार
वनप्लस १३ अक्टोबरमा आउने पक्का

काठमाडौं ।

वनप्लस १३ नयाँ स्न्यापड्रागन ८ जेन ४ चिपसेटको साथ लन्च हुने अपेक्षा गरिएको छ। साथै यस स्मार्टफोनको आगमन बारे सोमबार स्पष्ट टाइम फ्रेमको खुलासा गरिएको छ।

वनप्लस चीनका अध्यक्ष लुइस लीले नयाँ फ्ल्यागशिप अर्को महिना पेश गरिने पुष्टि गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

वनप्लस १३ “फ्ल्यागशिप चिप्सको पछिल्लो पुस्ता” को साथ आउँदैछ भनेर कार्यकारीले पुष्टि गरेको जनाइएको छ। स्न्यापड्रागन ८ जेन ४ लन्च गरेको केही समय पछि फोन पनि लन्च गरिने जनाइएको छ जुन अक्टोबरको मध्यदेखि अन्तसम्ममा लन्च हुने अपेक्षा गरिएको छ।

यो डिभाइसमा गेन्सिन इम्प्याक्ट खेल्दा डिभाइस १२० हर्जमा पुगेको जनाइएको छ जुन “गेमिङ अनुभवमा थप कार्यक्षमतम वृद्धि” को प्रमाण भएको उल्लेख गरिएको छ।

क्वालकमको शीर्ष–स्तरीय चिपसेटको लन्च भएको केही दिनपछि आइपुग्ने वनप्लस फ्ल्यागशिप कम्पनीको लागि पहिलो हुने थप उल्लेख गरिएको छ।

यो फोन सबैभन्दा पहिले चीनमा आउने आशा गरिएको छ जुन सम्भवतः नोभेम्बर ११ तारिक उर्फ ११.११ को ‘सिङ्गल्स डे’ मा किनमेल छुट्टीको समयमा आउने जनाइएको छ। साथै विश्वव्यापी रिलीज भने सन् २०२५ को सुुरुवातमा हुने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २५ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...