नासाद्वारा मङ्गल ग्रहमा नयाँ मिसन पठाउन ढिलाई

  • Technology Khabar | २३ भाद्र २०८१, आईतवार
नासाद्वारा मङ्गल ग्रहमा नयाँ मिसन पठाउन ढिलाई
नासाको पर्सिभेरेन्स रोभरले खिचेको मंगल ग्रहको सतहको तस्बिर।

काठमाडौं ।

नासाले शुक्रबार मङ्गल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन ‘एस्केपेड’ (एस्केप एण्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने जानकारी गराएको छ।

एस्केपेड मिसनले मङ्गल ग्रहको चुम्बकीय वातावरणसँग अन्तर्क्रिरया र ग्रहको वायुमण्डलीय अवस्थाको अध्ययन गर्न दुई अन्तरिक्ष यान प्रयोग गर्नेछ।

यस मिसनलाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको स्पेस लन्च कम्प्लेक्स ३६ बाट अक्टोबर १३ भन्दा अगाडी प्रक्षेपण गर्ने योजना छ।

नासाले लागत, तालिका र प्राविधिक चुनौतिहरूबाट बच्नका लागि यो मिसनमा ढिलाई गरेको जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २३ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • २३ भाद्र २०८१, आईतवार