Technology Khabar २० भाद्र २०८१, बिहीबार
काठमाडौं ।
गत महिना भियतनाममा अनावरण गरिएको सामसङ ग्यालेक्सी ए०६ ले बुधबार भारतमा डेब्यु गरेको छ। यो सामसङ ग्यालेक्सी ए०६ मा ४जीबी/६४जीबी र ४जीबी/१२८जीबी गरी दुई मेमोरी विकल्पहरू उपलब्ध रहेको उल्लेख गरिएको छ।
साथै ४जीबी/६४जीबी को मूल्य ९ हजार ९९९ भारतीय रुपैयाँ (१२० अमेरिकी डलर/११० यूरो) रहेको छ भने ४जीबी/१२८जीबी को मूल्य ११,४९९ भारतीय रुपैयाँ (१३५ अमेरिकी डलर/१२५ यूरो) कायम गरिएको जनाइएको छ।
त्यसैगरी दुवै मोडलहरू सामसङको भारतीय वेबसाइट मार्फत लाइट ब्लू (हल्का निलो), ब्ल्याक (कालो) र गोल्ड (सुनौलो) रङ्गहरूमा उपलब्ध भएको थप उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी ए०६ हेलियो जी८५ एसओसी द्वारा संचालित छ भने एन्ड्रोइड १४–आधारित वान यूआई ६.१ रन गर्ने उल्लेख गरिएको छ। त्यसैगरी ग्यालेक्सी ए०६ मा ६.७ इन्चको ६०हर्ज एचडी+ एलसीडी फिचर गरिएको जनाइएको छ।
साथै यसमा ५,००० एमएएच ब्याट्री प्याक गरिएको र जसले यूएसबी–सी पोर्ट मार्फत २५डब्ल्यू सम्म पावर ड्रअ गर्ने जनाइएको छ।
सामसङ ग्यालेक्सी ए०६ को अगाडि ८ मेगापिक्सेलको क्यामरा रहेको छ भने पछाडि ५० मेगापिक्सेलको प्राइमरी क्यामरा समावेश गरिएको छ जसमा २ मेगापिक्सेलको डेप्थ सेन्सर जोडिएको जनाइएको छ।
यसबाहेक ग्यालेक्सी ए०६ मा साइड माउन्ट गरिएको फिङ्गरप्रिन्ट स्क्यानर पनि ङ्गहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २० भाद्र २०८१, बिहीबार